साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उदयपुरमा ‘पोखरेलियन छन्द’ माथि प्रशिक्षण

यस कार्यक्रमको मुख्य आकर्षण अन्तर्राष्ट्रिय बहुभाषिक कवि सन्तोषकुमार पोखरेलद्वारा आफ्नै आविष्कार "पोखरेलियन छन्द" वा "pokhreliknots" को पहिलो पटक आधिकारिक प्रशिक्षण थियो।

Nepal Telecom ad

उदयपुर, २०८२ कार्तिक २१ । नेपाली साहित्यिक जगतका लागि एक ऐतिहासिक कार्यक्रम उदयपुरका गाईघाटमा संपन्न भएको छ।

नेपाली लेखक सङ्घ उदयपुरले त्रियुगा जनता बहुमुखी क्याम्पसमा “नेपाली साहित्य कला लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम” को आयोजना गरेको थियो। यस कार्यक्रमको मुख्य आकर्षण अन्तर्राष्ट्रिय बहुभाषिक कवि सन्तोषकुमार पोखरेलद्वारा आफ्नै आविष्कार “पोखरेलियन छन्द” वा “pokhreliknots” को पहिलो पटक आधिकारिक प्रशिक्षण थियो।

नेपाली लेखक सङ्घका उदयपुरका अध्यक्ष बासुदेव पोखरेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ विवस पोखरेल मुख्य अतिथि थिए। कार्यक्रमका विशेष अतिथिमा नेपाली लेखक सङ्घ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारी र सत्र प्रशिक्षक कवि सन्तोष कुमार पोखरेल रहेका थिए।

कार्यक्रमको केन्द्रमा कवि पोखरेलले सहभागी लेखक तथा विद्यार्थीहरुलाई आफ्नै आविष्कार “पोखरेलियन छन्द” को काव्य रचना सीप सिकाउँदै चार घण्टा गहन प्रशिक्षण सत्र सञ्चालन गरेका थिए। नेपालभरिमै यस प्रकारको कुनै पनि छन्दको यो पहिलो औपचारिक प्रशिक्षण थियो, जसले नेपाली काव्य रचनामा नयाँ अध्यायको सुरूवातको संकेत गरेकोछ। अङ्ग्रेजीमा प्रचलित पोखरेली छन्द नेपालीमा अझ सुन्दर देखिन्छ भनी प्रशिक्षार्थीहरूले भने।

अन्तर्राष्ट्रिय बहुभाषिक कवि सन्तोष कुमार पोखरेल एक विश्वविख्यात साहित्यिक व्यक्तित्व हुन्। उनको कार्यले राष्ट्रिय सीमालङ्घन गरेको छ र उनलाई विश्वव्यापी मंचहरूबाट धेरै सम्मान प्राप्त भएका छन्। उदयपुरका स्थानीय साहित्य प्रेमीहरुलाई यस स्तरको कविसंग प्रत्यक्ष रूपमा सिक्ने दुर्लभ अवसर यस कार्यशालाले प्रदान गरेको थियो।

यस सत्रमा स्थानीय लेखक तथा क्याम्पसका विद्यार्थीहरुले उत्साहपूर्ण सहभागिता जनाएका थिए। सहभागीहरुले यस्तो नवीनता बोकेको साहित्यिक शैली त्यसको आविष्कारकबाट नै प्रत्यक्ष रूपमा सिक्न पाएकोमा गहिरो आभार व्यक्त गरे। एकजना सहभागी सुमनले भने, “अन्तर्राष्ट्रिय बहुभाषिक कवि सन्तोष कुमार पोखरेल सरलाई टाढा बाट आएर हामीलाई यस्तो सिक्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद।” जसले अरू धेरैको मनोभावनालाई प्रतिनिधित्व गरे।
भब्य र सभ्य रूपमा सम्पन्न यस कार्यक्रमको समीक्षा सङ्घका सचिव हरिशरण खतिवडाले प्रस्तुत गर्नुभएको थियो।

यस प्रशिक्षणको सफल आयोजनाले उदीयमान लेखकहरुलाई बहुमूल्य साहित्यिक सीप मात्र प्रदान गरेन, नेपाली साहित्यको विविध बगैंचामा एक नयाँ, स्वदेशी काव्य अभिव्यक्तिको रूपमा फल्न-फुल्न सक्ने बीजारोपणको काम समेत गरेको बताइएकाे छ।

०००
माधव पाेखरेल गाेज्याङ्ग्रेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x