साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

कार्यक्रम मकवानपुर बहुमुखी क्याम्पसकाे सभाहलमा संस्थाकी अध्यक्ष कृतिका लाैडारीकाे अध्यक्षता एवम् हेटाैँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

मकवानपुर, २०८२ कात्तिक २१ । नवसर्जक साहित्य चाैतारी नेपाल, केन्द्रीय समितिकाे आयाेजनामा चाैतारीका संस्थापक सदस्य प्रभास घिमिरेकाे प्रथम स्मृति दिवसकाे सन्दर्भमा ‘प्रभास घिमिरे : सम्झना र सिर्जना’ नामक स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षयकोष स्थापना कार्यक्रम’ हेटाैँडाकाे मकवानपुर बहुमुखी क्याम्पसकाे सभाहलमा सम्पन्न भएकाे छ ।

संस्थाकी अध्यक्ष कृतिका लाैडारीकाे अध्यक्षता एवम् हेटाैँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेटाैँडा उपमहानगरपालिकाका ४ न. वडाका अध्यक्ष नवीन सिग्देल, वडा न. ११ की अध्यक्ष जुना दाहाल, सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिल तथा चाैतारीका केन्द्रीय संरक्षक एवम् परिकल्पनाकार दीपक गाैतमकाे विशिष्ट आतिथ्य रहेकाे थियाे ।

कार्यक्रममा स्मृतिग्रन्थ प्रकाशन तथा अक्षयकाेष स्थापनाका सन्दर्भबारे चाैतारीका संरक्षक दीपक गाैतमले प्रकाश पारेका थिए भने संप्रस पाैडेलले प्रभासका रचना सङ्कलन, सम्पादन तथा सिस्नुपानी नेपाल मकवानपुरका कार्यक्रममा प्रभासकाे प्रस्तुतिबारे चर्चा गरे । त्यस्तै डा. निमेष निखिलले स्मृति ग्रन्थबारे टिप्पणी प्रस्तुत गरे ।

त्यस्तै जनार्दन खनाल, डिबी बर्ताैला, कृतिका लाैडारी, स्वस्तिका दाहाल, रचना भण्डारी, प्रबिना प्रयासी, स्वस्तिका बानियाँ, सुन्दर कँडेलले स्मृतिग्रन्थभित्रका प्रभासका कविता, गजल, मुक्तक तथा हास्यव्यङ्ग्य रचना वाचन गरे ।

कार्यक्रमकै सन्दर्भमा हेटाैँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, हेटाैँडा-४ न. वडाका अध्यक्ष नवीन सिग्देल तथा ११ न. वडाकी अध्यक्ष जुना दाहालले अक्षयकोष स्थापनामा विशेष याेगदान गर्ने प्रतपबद्धता जनाए । कार्यक्रममा उपस्थित व्यक्ति तथा संस्थाका तर्फबाट पनि करिब १ लाख बराबरकाे रकम सङ्कलन भएकाे थियो ।

नवसर्जक चाैतारीका संस्थापक सदस्य रहेका २१ वर्षे प्रभासकाे गत वर्ष २०८१ कात्तिक २१ गते भारतकाे वृन्दावन जाने क्रममा सवारी दुर्घटनाका कारण लखनउमा निधन भएकाे थियाे । छन्द कविता लेखन-वाचन, हास्यव्यङ्ग्य लेखन तथा प्रहसन एवम् धार्मिक कार्यक्रममा प्रवचनका क्षेत्रमा घिमिरे उदीयमान प्रतिभाका रूपमा रहेका र उनकै अमरत्वका लागि स्मृति ग्रन्थ प्रकाशन तथा अक्षयकोष स्थापना अभियानकाे थालनी गरिएकाे हो ।

कार्यक्रममा प्रभासकी माता पार्वती घिमिरे, पिता वृहस्पति घिमिरे, परिवारजन, परमानन्द संस्कृत गुरुकुलम्, देवघाटधामका गुरुजन तथा आफन्तजन एवम् मकवानपुरका साहित्य, कलासम्बद्ध सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि गरी १२५ जनाकाे उपस्थिति रहेकाे थियाे ।

०००
रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x