फित्काैली डटकमआमा
'म' आफ्नो उत्तेजनाबाट बाहिर निस्कन सकेको थिएन । उसले 'आमा' लाई प्रत्युत्तर फर्काउँदै भन्यो । 'मलाई कसैको दया चाहिंदैन। 'म'सित सबैथोक छ ।'

महेश प्रसाई :
एकदिन संसारको सबैभन्दा सुन्दर शब्द ‘आमा’ले सबैभन्दा दुब्लो शब्द ‘म’ को रातो अनुहारलाई देखेर संतृप्त हुँदै भनिन् ।
‘छोरा । तिमी किन र केका लागि दुखी भइरहेका हौ। तिम्रो लागि यो आमा छँदैछे नि । सवैयोक बेटाउन सक्ने पृथिवी जस्ती आमा ।’
‘म’ आफ्नो उत्तेजनाबाट बाहिर निस्कन सकेको थिएन ।
उसले ‘आमा’ लाई प्रत्युत्तर फर्काउँदै भन्यो ।
‘मलाई कसैको दया चाहिंदैन। ‘म’सित सबैथोक छ ।’
त्यसपछि ‘आमा’ इवित भइरहिन् । उनको द्रवणबाट भूमध्यसागर बन्यो ।
र ‘म’को ‘न अर्हति’ बाट धुप्रिंदै गयो रेगिस्तानको पिरामीड मात्र ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest












































