फित्काैली डटकमखाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिताको म्याद थप
नेपाली हास्यव्यङ्ग्य साहित्यमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई उत्साहित गर्ने उद्देश्यले ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ स्थापना भए बमोजिम बाङ्गा अक्षरले २०८२ साउनमा निबन्ध प्रतियोगिताको लागि निबन्ध आह्वान गरेको थियो ।
क्नेयालिफाेर्निया, अमेरिका, १२- ११- २०२५ । नेपाली हास्यव्यङ्ग्य साहित्यमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई उत्साहित गर्ने उद्देश्यले ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ स्थापना भए बमोजिम बाङ्गा अक्षरले २०८२ साउनमा निबन्ध प्रतियोगिताको लागि निबन्ध आह्वान गरेको थियो । विद्यार्थीबाट निबन्धहरु प्राप्त पनि भएका छन् ।
भाद्र महिनामा जेन जी आन्दोलन भएको र त्यसपछि लगतै दशैं तिहार र छठ पर्व परेकोले निबन्ध लेख्न धेरै विद्यार्थीलाई समय अनुकुल नभएको भनी म्याद थपको लागि फोन तथा म्यासेन्जर मार्फत विद्यालयबाट अनुरोध आएको छ ।
तसर्थ बांगा अक्षरले २०८२ मंसिर १५ अर्थात् डिसेम्वर १, २०२५ सम्म म्याद थप गरेको जानकारीको लागि अनुरोध छ।
पुरस्कारको राशी प्रथम – रू २०,००० (बीस हजार), द्वितीय – रू १०,००० (दश हजार) र तृतीय दुई जनालाई – जनही रू ५,००० (पाँच हजार) हुनेछ ।
पुस्कारमा सहभागी विद्यार्थीले तपसीलको विवरण बमोजिम निबन्ध पठाउनु पर्ने व्यहोरा पुनः स्मरणको लागि अनुरोध छ ।
१. यस प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने जुनसुकै देशका नेपाली भाषी विद्यार्थीले भाग लिन सक्नेछन् । भाग लिने विद्यार्थी कुन कक्षामा पढ्दै गरेको भन्ने जानकारीका लागि विद्यालयको प्रधानाध्यापक वा प्रिन्सिपलद्वारा लेखिएको औपचारिक सिफारिश पत्र निबन्धसँगै पठाउनु पर्ने छ ।
२. निबन्ध मौलिक हुनुपर्ने छ ।
३. निबन्ध कम्तिमा ११०० र बढीमा १८०० शब्दको हुनु पर्नेछ ।
४. निबन्ध देवनागरी लिपिमा टाईप गरेर पठाउनु पर्ने छ । शुद्धा शुद्धीलाई बिशेष रूपमा ध्यान दिनु पर्ने छ ।
५. एआई वा चोरी र नक्कल गरी लेखिएको निबन्धलाई प्रतियोगितामा समावेश गरिने छैन ।
६. निबन्ध जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । निबन्धले प्रवृतिलाई व्यङ्ग्य गरको हुनु पर्नेछ। तर कुनै व्यक्ति, जात, धर्म, वर्ण, सम्प्रदाय र लिङ्गलाई व्यङ्ग्य वा गाली गलौज गरिएको निबन्ध स्वीकार्य हुने छैन ।
७. निबन्ध, एक प्रति फोटो र छोटो व्यक्तिगत विवरण सहित २०८२ मंसिर १५ अर्थात् डिसेम्वर १, २०२५ सम्म बाङ्गा अक्षरको इमेल ठेगाना bangaakshar@gmail.com मा पठाउनु पर्नेछ ।
८. निबन्ध पठाउदा WORD फाइल र PDF दुबै फर्म्याटमा पठाउनु पर्नेछ। प्रतियोगिताका लागि प्राप्त भएका निबन्धहरू बाङ्गा अक्षरद्वारा नियुक्त निर्णायक मण्डलले अध्ययन गरेर उत्कृष्ट रचनाहरू पुरस्कारका लागि सिफारिस गर्नेछ । यसरी सिफारिस गरिएका रचनाहरूलाई पुरस्कार प्रदान गरिनेछ ।
०००
नारायण भट्टराई
संयोजक, बाङ्गा अक्षर
क्यालिफोर्निया, अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































