फित्काैली डटकमचारपानेमा नयाँ साहित्यिक संस्था गठन
झापाका विर्तामोड, अर्जुनधारा, मेचीनगर र भद्रपुरका केही साहित्यकारहरुको विर्तामोड- चारपाने स्थित साहित्यकार डी पी शर्माको निवासमा भएको एक भेलाले उर्जाशील साहित्य कला प्रतिष्ठान चारपाने-१, झापा नामक साहित्यिक संस्थाको गठन गरेको हाे ।

झापा, २०८२ मङ्सिर ११ । त्यसो त झापामा साहित्यिक संघ- संस्थाहरु प्रशस्तै छन् भन्दा अतिसयोक्ति नहोला। विशुद्ध साहित्यिक गतिविधिहरु मात्र गर्ने, सनहित्यिक संघ- संस्था र साहित्यिक व्यक्तित्वहरुलाई उहाँहरुको साहित्य प्रतिको योगदानको मुल्याङ्कन गरेर सम्मान गर्ने र पुरस्कृत गर्ने गरिएको पाईन्छ।
झापामा क्रियाशील कतिपय पुस्तकालयहरुले पनि साहित्यिक गतिविधिहरु गर्दै आएका छन्। पुस्तकालयमा अक्षय कोष स्थापना गरि स्रष्टाहरुलाई सम्मान र पुरस्कार वितरण गर्ने गरेको पनि देखिन्छ।तर पुस्तकालयहरुले पुसतकालयले नगरी नहुाे कार्य भने व्यवसेथित रुपले गरेको पाईदैन। साहित्यिक गतिविधिमै रमाएको पाइन्छ।
साहित्यिक संघ- संस्थाहरुको फूलवारीमा फेरि एउटा अर्को साहित्यिक संस्था गठन गरिएको छ। अन्य साहित्यिक संघ- संस्थाहरु भन्दा पृथक र सवैले अपनत्वको अनुभूति गर्न सक्ने वातावरणको सिर्जना गर्ने उखेश्य राखेर विहिवार सो संस्थाको गठन गरिएको छ।
झापाका विर्तामोड, अर्जुनधारा, मेचीनगर र भद्रपुरका केही साहित्यकारहरुको विर्तामोड- चारपाने स्थित साहित्यकार डी पी शर्माको निवासमा भएको एक भेलाले उर्जाशील साहित्य कला प्रतिष्ठान चारपाने-१, झापा नामक साहित्यिक संस्थाको गठन गरेको हाे । नव गठित संस्थाको तदर्थ समितिको अध्यक्षमा डी पी शर्मा, उपाध्यक्षमा भगवती ढुङ्गेल, सचिवमा देवीचरण भण्डारी, सहसचिवमा डिल्लीराम परदेशी र कोषाध्यक्षमा कल्पना ओली सिटौला रहनु भएको छ।
यसैगरी सदस्यहरुमा मातृकाप्रसाद सङ्ग्रौला, कृष्णप्रसाद मिश्र, माधवप्रसाद सिटौला, पिताम्बर नेपाल र आशिष सङ्ग्रौला रहनु भएको छ । हाल ११ सदस्यीय तदर्थ समिति रहने निर्णय भए पनि एकजना सदस्य अर्को वैठकले मनोनयन गरिने छ।
यसैगरी सल्लाहकार समिति ७ जनासम्मको रहने र आजकन्ह वैठकले रामप्रसाद सिटौलालाई सल्लाहकार समितिको संयोजकमा, सदस्यमा विमल गिरी र कृष्ण सुवेदी’ निराकार’ लाई मनोनयन गरिएको छ । बाँकी ४ जना सल्लाहकार सदस्यहरुको पछि मनोनयन गरिनेछ।
संस्थालाई एकवर्षभित्र सम्वन्धित निकायमा दर्ता गर्नका लागि अध्यक्ष डी पी शर्मा, उपाध्यक्ष भगवती ढुङ्गेल र सचिव देवीचरण भण्डारी रहेको तीन सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ। संस्थाले प्रत्येक दुईमहिनामा साहित्यिक कार्यक्रम गर्ने र संस्था स्थापना भएको दिनलाई अवसर पारेर प्रत्येक वर्ष स्रष्टा सम्मान गर्ने र यसका लागि स्रष्टा सम्मान कोषको स्थापना गर्ने पनि निर्णय गरेको छ।
०००
देवीचरण भण्डारी ‘सरोज’काे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































