साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाग लाग्ला कलामा

आमाका साथ सिक्छन् क्रमसित सबले भित्र, संस्कार धेर। बाँड्छन् बाबा सबैमा प्रतिपल परका ज्ञान सङ्ला बुझेर ।। सक्दैनन् खाेल्न आफू तर पनि कटिला बात केही थलामा । राख्दै एकाम्य आस्था कविजन नबढे दाग लाग्ला कलामा ?।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

आमाका सम्झनामा अविरल कविता लेखिए जात जात।
बाबाका,खास छैनन् किनकिन अहिले देखियो पक्षपात ।।
मान्छन् सन्ताप यस्ता गतिविधि रहँदा वृद्ध याे मामिलामा।
राख्दै एकाम्य आस्था कविजन नबढे दाग लाग्ला कलामा ?।।१।।

आमा थाम्ने हवेली, प्रतिपल धरतीझैँ बनी चित्त खारी।
बाबा आकाश जस्तै कहर रहरका नित्य हाम्रा छहारी ।।
देखिन्छन् भेद केही तर पनि अहिले भित्र हेर्दा थलामा।
राख्दै एकाम्य आस्था कविजन नबढे दाग लाग्ला कलामा ?।।२।।

प्राङ्ग्रा बन्दै दुई जाे,अनुपम रथका तिर्सनामा बहेर ।
तान्छन् सन्तानलाई प्रगति तिर सफा कर्ममा हेलिएर।।
बाबाका याेजनाकाे तर कदर कमी,देखियाे तालिकामा।
राख्दै एकाम्य आस्था कविजन नबढे दाग लाग्ला कलामा ?।।३।।

छाेरा छाेरी बुहारी परिजन जति छन् आज हामी सबैका।
झुम्मिन्छन् नित्य आमासित,नरमपना देखिँदा प्रेरणाका।।
बाबा तैनाथ गर्छन् प्रगति तिर अझै तान्नलाई पलामा।
राख्दै एकाम्य आस्था कविजन नबढे दाग लाग्ला कलामा ?।।४।।

आमाका साथ सिक्छन् क्रमसित सबले भित्र, संस्कार धेर।
बाँड्छन् बाबा सबैमा प्रतिपल परका ज्ञान सङ्ला बुझेर ।।
सक्दैनन् खाेल्न आफू तर पनि कटिला बात केही थलामा ।
राख्दै एकाम्य आस्था कविजन नबढे दाग लाग्ला कलामा ?।।५।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x