साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्च नेपालको ५३ औँ  काव्यगोष्ठी सम्पन्न

‎अध्यक्ष जगदीश्वर पोखरेल प्रमुख अतिथि र वरिष्ठकवि नारायणप्रसाद पोखरेल हुनुहुन्थ्यो । विशेष अतिथि विदुर पोखरेल र मातृकाप्रसाद खनाल हुनुहुन्थ्यो । ‎

Nepal Telecom ad

‎ लमजुङ, २०८२ मङ्सिर २० । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले भौतिक उपस्थितिमा ५३ औँ रचनावाचन कार्यक्रम मर्स्याङ्दी आधारभूत विद्यालयो प्राङ्गणमा सम्पन्न गरेको छ ।

‎अध्यक्ष जगदीश्वर पोखरेल प्रमुख अतिथि र वरिष्ठकवि नारायणप्रसाद पोखरेल हुनुहुन्थ्यो । विशेष अतिथि विदुर पोखरेल र मातृकाप्रसाद खनाल हुनुहुन्थ्यो । ‎ ‎

कार्यक्रममा प्रस्तुत भएका रचनाहरू राष्ट्रभक्ति भावले भरिएका थिए । रचना प्रस्तुत गर्नेहरूमा- ‎१.नारायणप्रसाद पोखरेल, २.मातृकाप्रसाद खनाल ‎३. लक्ष्मीप्रसाद मिश्र ‎४.जगदीश्वर पोखरेल ‎५. खुशीराम डौलिया ६.जनकलाल श्रेष्ठ ७.विष्णुभक्त अधिकारी ‎८.टीकाराम घिमिरे ९.वसन्त धिकारी ‎१०. टेकनाथ गिमिरे ‎११.कृष्णराज ओलिया हुनुहुन्थ्यो ।

भद्र श्रोताहरू मर्स्याङ्दी आ वि का प्राचार्य राजिव रानाभाट उपाध्यक्ष भूमिनन्दन तिमलसेना, कोषाध्यक्ष शुक्रबहादुर अधिकारी, नानीमाया पोखरेल, संरक्षक सदस्य कौमाया पोखरेल, विष्णु पोखरेल, कृष्णप्रसाद पोखरेल, काजीमान श्रेष्ठ, पञ्चलाल श्रेष्ठ, दुर्गानिधि पोखरेल, कुलप्रसाद लुइँटेल हुनु हुन्थ्यो ।

वाचित रचनाहरूको संक्षिप्त टिप्पणी नारायणप्रसाद पोखरेलले गर्नुभएको थियो । जगदीश्वर पोखरेलले सधन्यवाद सभा विसर्जन गर्नुभएको थियो । ‎कविगोष्ठीको संयोजन संस्थाका सचिव विष्णुप्रसाद पौडेलले कुशल किसिमले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x