फित्काैली डटकमसुरभिको १७९औँ आख्यानवाचन कार्यक्रम सम्पन्न
प्रमुख अतिथि वरिष्ठ साहित्यकार कणाद महर्षि हुनुहुन्थ्यो भने विशेष आमन्त्रितमा सुरभिका संरक्षक तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, सुरभिका संरक्षक एवम् समालोचक युवराज मैनालीलगायत हुनुहुन्थ्याे ।

काठमाडौँ, २०८२ मङ्सिर २० । सुरभि साहित्य प्रतिष्ठानको १७९औँ आख्यानवाचन सम्पन्न भएको छ । सुरभि साहित्य प्रतिष्ठानको नियमित कार्यक्रमस्थल, ढोल्खाधारो कुटी, गोकर्णेश्वर ८ मा सम्पन यो कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले गर्नुभएको थियो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार कणाद महर्षि हुनुहुन्थ्यो भने विशेष आमन्त्रितमा सुरभिका संरक्षक तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, सुरभिका संरक्षक एवम् समालोचक युवराज मैनाली, मासिक १०० अभियानका अध्यक्ष सञ्जय पोखरेल, साहित्यकार गङ्गा कर्माचार्य पौडेल, खोलाघरे साहिँलो र रमेशजङ्ग थापा हुनुहुन्थ्यो । मेनका पोखरेल आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमलाई आलोक चालिसेले स्वागत गर्नुभएको थियो ।
यसै कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष महाकाव्यकार बाजुराम पौडेलको खण्डकाव्य ‘वाग्मती र वाग्मती’को सामूहिक विमोचन गरिएको थियो । अध्यक्ष बाजुराम पौडेलले सबैलाई धन्यवाद दिँदै आफ्नो कथा मृत्युपछि वाचन गर्नुभयो । विशेष अतिथि गोविन्द घिमिरे वेदमणिले आफ्नो मन्तव्यको क्रममा जीवात्माको विषयमा केही प्रकाश पार्नुभयो र बाजुराम पौडेलको विमोचित खण्डकाव्य ‘वाग्मती र वाग्मती’को सङ्क्षिप्त चर्चा गर्नुभयो र अकबर बीरबलको एउटा सन्देशमूलक बोधकथा सुनाउनुभयो ।
विशेष अतिथि युवराज मैनालीले बाजुराम पौडेलको नवीन कृतिको सफलताको शुभकमनाका साथै सुरभिको कार्यक्रमले धेरै कथाकार जन्माएको र आफू पनि लघुकथाकार भएको कुरा उठाउनुभयो । अनि आफ्नो लघुकथा वाचन गर्नुभयो । प्रमुख अतिथि कणाद महर्षिले आफ्नो मन्तव्यका साथै लघुकथा सुनाउनुभयो । सुरभि साहित्य प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले वाचित आख्यानहरूको संक्षिप्त समीक्षा गर्नुभयो ।
सभामा आख्यान वाचन गर्नेहरूमा सुशील आचार्य, रमेश भट्टराई पुजारी, खोलाघरे साहिँलो, रामकुमार पण्डित क्षेत्री, रमेशजङ्ग थापा, सञ्जय सोती, दिवाकर न्यौपाने, गङ्गा पौडेल कर्माचार्य, अनिता ढकाल, रञ्जु खनाल, बाजुराम पौडेल, युवराज मैनाली, कणाद महर्षिले कथालघुकथा वाचन गर्नुभयो ।
४२ जनाको उपस्थितिमा भएको यस कार्यक्रममा आलोक चालिसेले ‘चार पुस्ताका कथासङ्ग्रह’बाट आफ्नी छोरीले लेखेको कथा ‘सिकर्मीको कथा’ वाचन गरेर सुनाउनुभयो ।
०००
परशुराम पराशरको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































