साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दैवज्ञराज न्यौपानेको चौधौं स्मृति दिवसमा स्रष्टाहरू पुरस्कृत

न्यौपाने स्मृति प्रतिष्ठानका सचिव प्रह्लाद पोख्रेलको सञ्चालन, प्रा.डा.केदार न्यौपानेको अध्यक्षता र नेपाली शिक्षा परिषद् का अध्यक्ष प्रा.रमा शर्मा प्रमुख आमन्त्रित रहनुभएको सभालाई लालानाथ सुवेदीले स्वागत गर्नुभएको थियो ।

Nepal Telecom ad

‎काठमाडाैं, २०८२ मङ्सिर २९ । कवि दैवज्ञराज न्यौपानेको चौधौ स्मृति दिवसका अवसरमा बानेश्वर क्याम्पस तीनकुनेको सभाहलमा स्मृतिसभा सम्पन्न भयो ।

न्यौपाने स्मृति प्रतिष्ठानका सचिव प्रह्लाद पोख्रेलको सञ्चालन, प्रा.डा.केदार न्यौपानेको अध्यक्षता र नेपाली शिक्षा परिषद् का अध्यक्ष प्रा.रमा शर्मा प्रमुख आमन्त्रित रहनुभएको सभालाई लालानाथ सुवेदीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रगानपछि बाल साहित्यस्रष्टा प्रभा आचार्य भट्टराईले कवि दैवज्ञराज न्यौपानेको “स्युर लालीगुराँस” कविता वाचन गर्नुभयो ।

प्रतिष्ठानका सदस्य कोषराज न्यौपानेले न्यौपाने स्मृति प्रतिष्ठान र पुरस्कृत व्यक्तिहरूको परिचय प्रदान गरिने सम्मान/ पुरस्कारको जानकारी दिनुभयो । जसअनुसार –
‎छन्दसारथि रमेश खकुरेल, काठमाडौं- दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, ‎नारायणप्रसाद उपाध्याय अर्याल, पर्वत-दैवज्ञ साहित्य पुरस्कार कल्पना प्रधान,काठमाडौं- दैवज्ञ बाल साहित्य पुरस्कार, ‎दैवज्ञ समाजसेवा पुरस्कार- संस्कृत विद्या सम्वर्द्धिनी समिति,धरानको परिचय भयो ।

उहाँहरूलाई उक्त सम्मान/ पुरस्कारहरू समर्पण गरियो । संस्थागत पुरस्कार भने संस्कृत सम्वर्द्धिनी समितिका प्रतिनिधि पुष्कर अधिकारीलाई हस्तान्तरण गरियो ।

‎सम्मानित व्यक्तित्वहरूको मन्तव्यको क्रममा कल्पना प्रधान केही अस्वस्थ हुनुभएकोले उहाँको मन्तव्य उहाँका सुपुत्र प्रतीक प्रधानले वाचन गरेर सुनाउनुभयो ।

प्राध्यापक डा. शिवकुमार राईले आफ्नो मन्तव्यका साथै दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानको अक्षयकोषका लागि रू ५० हजार हस्तान्तरण गर्नुभयो ।

दैवज्ञराज न्यौपानेको मन्दाक्रान्ता छन्दमा रचित “प्रियालाई सन्देश” को अति सुन्दर वाचन दिव्यलक्ष्मी पोख्रेलबाट सम्पन्न भएपछि पुष्करअधिकारीले संस्कृत विद्या सम्वर्द्धिनी समितिका अध्यक्ष सुपरिचित विद्वान् प्रा.पुरुषोत्तम भट्टराईको धन्यवाद मन्तव्य पढेर सुनाउनुभयो ।

नारायणप्रसाद उपाध्याय अर्यालले आफ्नो धन्यवाद मन्तव्यका साथ “गन्ध” कविता स्रग्धरामा सुनाउनुभयो । रमेश खकुरेलले आफूलाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मानका लागि योग्य ठहराएकामा प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिंदै आफ्नो २०१६ सालमा प्रथम पुरस्कृत कविता सुनाउनुभयो ।

प्रमुख आमन्त्रित नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले दैवज्ञराजसँग अध्यापकीय समयमा सरसल्लाह र सहकार्य भएका कुरा स्मरण गर्दै सबै सम्मानितहरूमा हार्दिक बधाइ अर्पण गर्नुभयो ।

सभाध्यक्ष केदार न्यौपानेले सम्मानित/पुरस्कृत सबैमा र अक्षयकोषदाता डा. शिवकुमार राई लगायत सहभागी सबैलाई हार्दिक धन्यवाद दिंदै सभा समापन गर्नुभयो ।

सभामा सुधा न्यौपाने, राजेन्द्र विरही, खोलाघरे साहिंलो , डा. बमबहादुर थापा जिताली, एन् के गोगने, निर्मोही व्यास लगायत धेरै स्रष्टाहरू र न्यौपाने बन्धुहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x