साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव सम्पन्न

गजलकारकी आमा प्रेमकान्ति ढकालको अध्यक्षता तथा चर्चित युवा गजलकार व्यक्तित्व बाबू त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

वालिङ, स्याङ्जा, २०८२ पुस १२ । युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिको रूपमा १३१ वटा समसामयिक गजलहरुको सङ्ग्रह “रात्री आकाश” को लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्व सन्ध्यामा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३८ औँ पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको विशेष अर्थ राख्ने आधुनिक नेपाली मौलिक गजल लेखन अभियान विशेष कार्यक्रमको रूपमा आयोजना गरिएको “रात्री आकाश” गजल कृति लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ शनिबार दिउँसो वालिङ-८, बि.पी. चोकस्थित शुभम पार्टी प्यालेसको सभाहलमा अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न गरिएको थियो ।

गजलकारकी आमा प्रेमकान्ति ढकालको अध्यक्षता तथा चर्चित युवा गजलकार व्यक्तित्व बाबू त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा “रात्री आकाश” गजल कृतिको लोकार्पणपश्चात् गजल कृति र गजलकार गुरुप्रसाद ढकालको गजल लेखनमाथि केन्द्रित रहेर वक्ताद्वय सीता गौडेल गैह्रे र राहुल शङ्करद्वारा समीक्षात्मक मन्तव्य प्रस्तुत गरिएको थियोे भने गजलकार गुरुप्रसाद ढकालद्वारा गजलीय मन्तव्य प्रस्तुत गरिएको थियो ।

गल्याङ नगरपालिका- ११, लबरकोट, स्याङ्जामा असोज ३१ गतेका दिन बुवा तोलाकान्त ढकाल र आमा प्रेमकान्ति ढकालको कोखबाट जन्मिएका युवा गजलकार गुरुप्रसाद ढकाल हाल जानकी माध्यमिक विद्यालय, गल्याङ- ९, अमिलाथुम, स्याङ्जामा शिक्षण पेशामा कार्यरत रहेर आधुनिक नेपाली मौलिक गजल लेखन अभियानमा विशेष रूपमा क्रियाशील छन् । ढकाल जगत्रदेवी साहित्य संगम, गल्याङका सह- सचिव हुन् ।

वालिङ बहुमुखी क्याम्पसबाट स्नातक (B.Ed.) र नेपाल कमर्स क्याम्पस, मिनभवन, काठमाडौँबाट स्नातकोत्तर (M.B.S.) तहसम्मको औपचारिक अध्ययन पुरा गरेका गुरुप्रसाद ढकालको “रात्री आकाश” गजल कृति पहिलो साहित्यिक कृति हो । नेपाली लेखक संघ स्याङ्जाद्वारा प्रकाशित र युवा स्रष्टा मिलन समीरद्वारा सम्पादन गरिएको प्रस्तुत गजल कृतिमा जम्मा १३१ वटा समसामयिक गजलहरु समावेश गरिएको छ ।

हुमनाथ ढकालद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरण अर्थात् वालिङ गजल उत्सव- २०८२ को सन्दर्भमा स्रष्टाहरु दिलीप मगर, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सिर्जना खनाल, पूजा रेग्मी, गजल यात्री ए.सी., सरस्वती अर्याल काफ्ले, नेत्र अधिकारी, लोकनाथ भण्डारी, प्रेमबन्धु सुवेदी, चण्डिकाप्रसाद भट्टराई, लक्ष्मीप्रसाद भण्डारी, अनिषा तिवारी, झवनाथ बस्याल, रेशमलाल डुम्रे, राजु गैह्रे, विनुप्रसाद पराजुली, देवराज गैह्रे, पारिश्वर न्यौपाने, शम्भु अर्याल, वसन्त खनाल, मित्रलाल गौतम, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, ढालबहादुर के.सी., भोजकुमारी पाण्डे, लेखनाथ काफ्ले, डोलराज भण्डारी, डिल्लीराम भण्डारी, कुसुम भण्डारी लगायतद्वारा आफ्ना उत्कृष्ट सिर्जनाहरु प्रस्तुत गरिएको थियो ।

समारोहमा गजलकारकी आमा प्रेमकान्ति ढकाल, गजलकारकी अर्धाङ्गिनी कमला गैह्रे ढकालका बुबा- आमा, बाबू त्रिपाठी, “रात्री आकाश” गजल कृतिका सम्पादक मिलन समीर लगायतलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो ।

०००
मिलन समीरकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x