फित्काैली डटकममहोत्तरीमा पनि बुढ्यौलीको अधिवेशन
अधिवेशनबाट कार्यकारिणी समितिमा अध्यक्षमा लालबाबु शर्मा, उपाध्यक्षमा बोधराज दाहाल, सचिवमा सुदर्शन भट्टराई, सहसचिवमा मोहन गिरी, कोषाध्यक्षमा देवी घिमिरे तथा सदस्यहरूमा नारद काफ्ले र शान्ता काफ्ले छनोट हुनुभएको छ ।

बर्दिबास, २०८२ पुस १२ । अचेल तराईमा शीतलहरका साथै चिसो बिर्साउन अधिवेशनको लहर चलेको छ । यस लहरकै दोस्रो क्रममा बर्दिबासमा बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो अधिवेशन तथा साताैँ शृङ्खला सम्पन्न भएको छ ।
यस अधिवेशनबाट कार्यकारिणी समितिमा अध्यक्षमा लालबाबु शर्मा, उपाध्यक्षमा बोधराज दाहाल, सचिवमा सुदर्शन भट्टराई, सहसचिवमा मोहन गिरी, कोषाध्यक्षमा देवी घिमिरे तथा सदस्यहरूमा नारद काफ्ले र शान्ता काफ्ले छनोट हुनुभएको छ ।
कार्यक्रममा उपस्थित साहित्यकारहरूमध्ये बुसास मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले, प्रदेशकै सचिव रामचन्द्र पौडेल, कुमार दाहाल कुसुम, गणेश तिमल्सिना, सुदर्शनप्रसाद भट्टराई, केदार सिग्देल, ध्रुव बखरेल, गणेश तिमल्सिनालगायतले आआफ्ना रचना वाचन गरेका थिए ।
नियात्राकार रमेशमोहन अधिकारी प्रमुख अतिथि रहेको तथा सर्लाही, महोत्तरी, धनुषा तथा मकवानपुरका स्रष्टाहरू सहभागी सो कार्यक्रमको सञ्चालन महोत्तरी सचिव नारद काफ्ले, स्वागत सदस्य मोहन गिरीले तथा सभाध्यक्षता अध्यक्ष लालबाबु शर्माले गरेका थिए ।
०००
नारद काफ्लेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest










































