साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल स्रष्टा समाजको १९ औं स्थापना दिवसमा युवा कवि गोष्ठी

डा.राजेन्द्र के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठी साउथ वेष्टर्न स्टेट कलेजको सह आयोजनामा सम्पन्न भएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८२ पुस १५ । नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा युवा कवि गोष्ठी सम्पन्न भएको छ ।
डा.राजेन्द्र के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न उक्त गोष्ठी साउथ वेष्टर्न स्टेट कलेजको सह आयोजनामा सम्पन्न भएको हो ।

गोष्ठीमा अतिथि कवि कृष्णप्रसाद जस्ताघरे, सुशिला धमला, एलिसा ढुंगाना,पार्वती अधिकारी पारु, अञ्जना पौडेल, विमला दाहाल लगायतका युवा विद्यार्थी कविहरु खुशी लामा,ललिसा बानियाँ, निर्मला बुढा क्षेत्री, एन्जल अधिकारी, प्रविन नगर्ची, ओजस्वी श्रेष्ठ, शुसिल चापागाईँ, सिना श्रेष्ठ, फेसन उदास, योगेश पनेरु लगायतका युवा कविहरु सुनिए । सुनिएका कविताहरु माथि डा.शैलेन्दुप्रकाश नेपालले टिप्पणी गरे ।

नेपाल स्रष्टा समाजका महासचिव प्रकाश घायलको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा विशेष अतिथि पवन आलोक थिए । चेतनपथ माधवको सञ्चालनमा भएको कार्यक्रममा डा.शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गरिन । गोष्ठीमा सहभागी कविहरुलाई प्रमुख अतिथि डा.के.सी.ले प्रमाणपत्र वितरण गरे ।

समाजको १९ औं स्थापना दिवसको अबसरमा तीन दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन युवा कवि गोष्ठी सम्पन्न भएको आयोजकले बताए ।

०००
प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x