फित्काैली डटकमभेषजराज प्रतिष्ठानद्वारा मासिक रचनावाचनको ९२ औँ शृङ्खला
प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवम् पण्डित आनन्दमणि टुल्कीनन्दकला स्मृति प्रतिष्ठानका संरक्षक त्रिलोचन ढकाल हुनुहुन्थ्याे ।

स्याङ्जा, २०८२ पुस १५ । १४२ औँ लेखनाथ जयन्ती एवम् तमु ल्होसारका अवसरमा भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो मासिक नियमित रचनावाचनको ९२ औँ शृङ्खला का साथमा कविता लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतिष्ठानले उपकार बचत तथा ऋण सहकारीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री एवम् पण्डित आनन्दमणि टुल्कीनन्दकला स्मृति प्रतिष्ठानका संरक्षक त्रिलोचन ढकालले स्याङ्जाको वालिङमा हुने साहित्यिक कार्यक्रममा सहभागीहरुको बाक्लो उपस्थिति रहने गरेको कुरा व्यक्त गर्दै यसो हुनुमा यहाँका वरिष्ठ साहित्यकारहरू भेषजराज शर्मा र देवीप्रसाद वनवासीको प्रभाव रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि पूर्व सांसद मोहन रेग्मीले प्रतिष्ठानका नायक भेषजराज शर्माको साहित्यिक, राजनैतिक र शैक्षिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा पण्डित आनन्दमणि टुलकीनन्दकला स्मृति सम्मान/ पुरस्कारका लागि प्रतिभा छनोटको प्रारम्भिक कविता लेखन प्रतियोगिता समेत सम्पन्न गरियो ।
यस प्रतियोगिताबाट विद्यार्थीहरू स्मृति (शशि) अर्याल र विप्लव खनाल छनोट भएका छन् । प्रतियोगितामा यशोदा काफ्ले, रूवी रेग्मी, सन्ज्युता क्षेत्रीलगायतले भाग लिएका थिए।
प्रतियोगितामा निर्णायकका रूममा ध्रुवराज उपाध्याय र अनन्त अर्याल हुनुहुन्थ्यो । कार्यक्रममा देशबन्धु आचार्य, भोजकुमारी पाण्डे भण्डारी, दमकुमारी बगाले, कमल बगाले, सावित्री अर्याल रेग्मी, दिलीप मगर, विनोद खनाल, अनन्त अर्याल, ढालबहादुर केसी, लेखनाथ काफ्ले, निलकण्ठ लम्साल, ठाकुरप्रसाद सुवेदी, ध्रुवप्रसाद शर्मा पंगेनी, भवीश्वर पंगेनी, रुवी रेग्मी, स्मारिका अर्याल, यशोदा काफ्ले, विप्लव खनाल, सन्ज्युता क्षेत्री, युनिशा एस्के, सुस्मिता नेपालीलगायतले आआफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गोपाल जिटी, हिमलाल पराजुली, दीपक लम्साल, अर्जुन तिवारी, गोपाल पौडेल, नवीन काफ्ले, विष्णुप्रसाद अर्याल, घनश्याम पाठक, चन्द्रबहादुर नगरकोटी, कृष्णप्रसाद सुवेदी, सुन्दरप्रसाद पाठकलगायतको विशेष उपस्थिति रहेको थियो ।
भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गाना र स्वागत सदस्य लेखनाथ काफ्लेले गर्नुभएको थियो ।
०००
श्यामप्रसाद ढुङ्गानाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































