फित्काैली डटकमसुरभि प्रतिष्ठानमा कवि शिरोमणि लेखनाथ स्मृतिसभा र स्रष्टा सम्मान
लेखनाथ पौडेलको तस्वीरमा माल्यार्पण गरेपछि शुरु भएको कार्यक्रममा स्रष्टा सम्मानमा पर्वत, कुस्माका शान्तिनारायण श्रेष्ठ र काठमाडौंका वसन्तराज अज्ञातलाई सुरभि सद्भावना पुरस्कार अर्पण गरियो ।

काठमाडाैं, /कविशिरोमणि लेखनाथ पौड्यालको १४२अौं जन्मजयन्तीको अवसरमा सुरभि साहित्य प्रतिष्ठान गोकर्णेश्वरले स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता र प्रमुख आमन्त्रित नन्दलाल श्रेष्ठ गोकर्णेश्वर न पा ८ का वडाअध्यक्ष रहेको कार्यक्रममा विशेष आमन्त्रितमा महेन्द्र चालिसे, राजनप्रसाद नेउपाने, शान्ति नारायण श्रेष्ठ, वसन्तराज अज्ञात, युवराज मैनाली, ठाकुरप्रसाद शर्मा भण्डारी रहनुभएको थियो ।
लेखनाथ पौडेलको तस्वीरमा माल्यार्पण गरेपछि शुरु भएको कार्यक्रममा स्वागत मेनका पोख्रेल आचार्यले गर्नुभयो ।
स्रष्टा सम्मानमा पर्वत, कुस्माका शान्तिनारायण श्रेष्ठ र काठमाडौंका वसन्तराज अज्ञातलाई सुरभि सद्भावना पुरस्कार अर्पण गरियो । परशुराम पराशरले पुरस्कृत प्रतिभाहरूको परिचय दिनुभएको थियो । पुरस्कृत शान्तिनारायण श्रेष्ठले आफ्ना रमाइला रमाइला गजल, मुक्तकहरू सुनाउनुभयो।
प्रमुख आमन्त्रित नन्दलाल श्रेष्ठले साहित्यकारहरू र साहित्य क्षेत्रमा आफूहरूले सहयोग गरिरहेको र अझै गरिरहने वचन दिनुभयो ।
युवराज मैनालीले शुभकामना मन्तव्य, सभाध्यक्ष तथा सुरभिका अध्यक्ष बाजुराम पौडेलले लेखनाथको संक्षिप्त जीवनी, कृतिहरूबारे संक्षिप्त जानकारी दिंदै नेपाली साहित्यको आधुनिक कालका आरम्भकर्ता पनि लेखनाथ नै हुन् भन्दै पुरस्कृत दुवै प्रतिभा र सहभागीहरुलाई हार्दिक बधाइ दिंदै शिखरिणी छन्दमा आफ्नो रचना सुनाएर सभा समापन गर्नुभयो ।
रचनावाचन गर्नेहरूमा- महेश्वर खनाल, सुशील आचार्य, रत्ननिधि रेग्मी, अल्फी फोहेन फाक्लुप्पा, वासुदेव पौडेल, खोलाघरे साहिंलो, शारदा पराजुली, प्रतीक धिमाल गोपालकुमार मैनाली, रामचन्द्र खतिवडा, परशुराम पराशर सरिता घिमिरे, राजनप्रसाद नेउपाने, मेनका पोख्रेल, ठाकुरप्रसाद भण्डारी, सुशीला प्रधानाङ्ग, विमल अर्याल, गणेश खतिवडा, युवराज मैनाली-लगायतका कविहरूले आ-आफ्ना सृजना छन्दका, मुक्तलयका, लोकलयका कविताहरू, मुक्तक र सुसेलीहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन स्रष्टा अच्युत घिमिरेले गर्नुभएको थियो ।
०००
खाेलाघरे साहिँलाे / परशुराम पराशरकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































