फित्काैली डटकमसाहित्य चौतारीकाे विविध अवसरकाे एकै कार्यक्रम सम्पन्न
चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता, पूर्व क्याम्पस प्रमुख मोहन ओलीको प्रमुख आतिथ्य, सल्लाहकार राजेन्द्र सङ्ग्रौला, चौतारीका पूर्व अध्यक्ष केशव आचार्यलगायत हुनुहुन्थ्याे ।

झापा, २०८२ पुस १७ । साहित्य चौतारीले आयोजनामा कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्ती, नयाँ वर्ष–२०२६, टोपी दिवस, खिच्रो दिवस तथा तमु ल्होसार समेतको मिश्रित दिवसको कार्यक्रम सम्मपन्न भयाे ।
कार्यक्रम साहित्य चौतारीको सभाकक्षमा चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता, शिक्षासेवी शनिश्चरे क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन ओलीको प्रमुख आतिथ्य, सल्लाहकार राजेन्द्र सङ्ग्रौला, अनिरुद्र ओली, चौतारीका पूर्व अध्यक्षद्वय केशव आचार्य, हस्त परियारलाई मञ्चासिन गराएर सुरु भयो ।
चौतारीका सचिव तुलसी निरौलाको सन्चालन तथा उपाध्यक्ष हिम्मत नेम्बाङको स्वागत मन्तव्य रहेको कार्यक्रममा अध्यक्ष देवीभक्त श्रेष्ठले आजको कार्यक्रमबारे जानकारी तथा कवि शिरोमणि पौड्यालको ‘काल महिमा’ कविता लयमा वाचन गरेर सुनाउनुभयो ।
प्रमुख अतिथि मोहन ओलीले व्यानर वाचन गरेर सुरु भएको कार्यक्रममा सल्लाहकार अनिरुद्र ओलीले राष्ट्रकवि माधव घिमिरेको रचना र नातीकाजीको सङ्गीत रहेको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !’ बोलको गीत गाएर सुनाउनु भयो ।
यस्तै गरी कवि शिरोमणि लेखनाथ तथा आजका टोपी दिवस, खिच्रो दिवस, तमु ल्होसार बारेमा विद्वानहरु विनोद खनाल, डिपि शर्मा, राजकुमार पोखरेल, केशव आचार्य, राजेन्द्र सङ्ग्रौला, पुण्यप्रसाद खरेलआदिले मन्तव्य राख्नुभयो । सरोज वत्सले टोपी–गीत गाएर सुनाउनुभयो भने आदित्य अधिकारी, लीला अनमोल, हस्त परियार, बाल कलाकारद्वय रचित बस्नेत र रुस्बु बस्नेतले मिठामिठा गीत गाएर सुनाउनु भयो ।
कृष्ण सुवेदी निराकार, केशव आचार्य, प्रमोद दाहालले कविता सुनाउनु भयो । रुद्र ओलीले बाँसुरीबाट मिठो लोकधून सुनाउनु भयो । प्रमुख अतिथि मोहन ओलीले कवि शिरोमणिको तरुण तपसीको छोटो टिप्पणीमूलक कुरासहित आफ्नो मन्तव्य सक्नुभएपछि अध्यक्षले आजको कार्यक्रम समापन गर्नुभयो ।
सहभागी सबैलाई आज आयोजकले खिच्रो, खिर तथा सेलरोटी सहितको खाजा खुवाउनु भएकाे थियो ।
कार्यक्रममा उपर्युक्त व्यक्तिहरुका अतिरिक्त शिक्षा सेवी राम्रसाद सिटौला, मेची क्याम्पसमा प्राध्यापन गर्नुहुने गोपीकृष्ण खतिवडा, हरिनारायण भट्टराई, बालकृष्ण सिटौला, देवीचरण भण्डारी, प्रिन्सिपल गणेश ओली, पत्रकार राजकुमार ओली, कृष्ण श्रेष्ठ, जयन्द्र प्रसाईं साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईं, दीपेन्द्र दर्नाल (धरान), गङ्गादेवी प्रसाईं, कल्पना, रुपा खनाल, पूर्ण धिमाल, भरत प्रसाई, पञ्चैबाजाको टोली, लगायत पचास जनाभन्दा बढीको उपस्थिति रहेको कार्यक्रम भव्य थियो ।
०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































