साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको १८७ अ‍ौँ शृङ्खलामा हेमन्त कविगोष्ठी र पुस्तक विमोचन

अभिनवको १८७ अ‍ौँ शृङ्खला गोकर्णेश्वरमा शारदा पराजुलीको सञ्चालन, उपाध्यक्ष विमल अर्यालको सभापतित्व र गङ्गा कर्माचार्य पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।

Nepal Telecom ad

‎काठमाडाैं, २०८२ पुस २६ । अभिनवको १८७ अ‍ौँ शृङ्खला गोकर्णेश्वरमा शारदा पराजुलीको सञ्चालन, उपाध्यक्ष विमल अर्यालको सभापतित्व र गङ्गा कर्माचार्य पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।

हेमन्त कविगोष्ठी कार्यक्रमकाे रूपमा सम्पन्न कार्यक्रममा कोषराज न्यौपाने, बूँद राना, मन्दिरा मधुश्री, प्रह्लाद पोख्रेल, अप्सरा ढकाल, मुक्ति गौतम लगायतको विशेष आतिथ्य रहेकाे थियाे ।

कार्यक्रममा सरिता दुलाल घिमिरेको कविता सङ्ग्रह “छोरी हूँ म”को लोकार्पण गरिएको छ । ७० जनाजति साहित्यकार, साहित्यप्रेमीहरूको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा लोकार्पित पुस्तकको समीक्षा साहित्यकार परशुराम पराशरले गर्नुभएको थियो ।

सरिता घिमिरेले सबैलाई धन्यवाद दिँदै आफ्नो मन्तव्यका साथै एउटा कविता प्रस्तुत गर्नुभयो । भारतको मणिपुरबाट आउनुभएको मुक्ति गौतमले छोटो मन्तव्यका साथ दुईवटा लघुकथा सुनाउनुभयो ।

मन्तव्य दिनेहरूमा कोषराज न्यौपानेले अत्यन्तै छोटो र गङ्गा कर्माचार्य पौडेलले स्रष्टा सरिता दुलाललाई हार्दिक बधाइ दिँदैआफ्ना पूर्वप्रसङ्गहरू स्मरण गर्दै अभिनवलाई समेत धन्यवाद दिनुभयो ।

अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले सरिता घिमिरेलाई कृति प्रकाशनका लागि बधाइ दिँदै केही स्मृतिहरू सुनाउनुका साथै वाचित रचनाहरूको टिप्पणाी गर्नु भएकाे थियाे ।

सभानायक विमल अर्यालले पनि सभा समापन गर्ने क्रममा सरिता दुलाल घिमिरेलाई र उपस्थित सबैलाई हार्दिक धन्यवाद दिनुभयो ।

‎कार्यक्रममा कविता, गजल, गीत सुनाउने स्रष्टाहरूमा- ‎ठाकुर खतिवडा, लीला घिमिरे, शान्ति रिसाल, घनश्याम प्रसाईं, गङ्गाप्रसाद भेटवाल, भरतमणि ढुङ्गाना, कविराज घिमिरे, डिल्लीराज अर्याल, गङ्गाप्रसाद भेटवाल, बाजुराम पौडेल, निर्मलरमण पराजुली, द्वारिका कुइँकेल, शर्मिला तिमिल्सिना, वासुदेव पौडेल, सृजन नेपाल, खोलाघरे साहिँलो, प्रह्लाद पोखरेल, अप्सरा ढकाल, मन्दिरा मधुश्री, विना लोप्चन, बुँद राना, विमल अर्याल लगायत हुनुहुन्थ्यो ।

०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x