साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा खनाल र घिमिरेका दुई कृति एकैसाथ विमाेचन

साहित्यकार नारायण खनाल (नीलम) को कविता सङ्ग्रह ‘जिजीविषाको लय’ तथा गजलकार डिल्लीराज घिमिरे (सङ्गम)को ‘भँगेरी’ गजल सङ्ग्रह विमोचन गरिएको हाे ।

Nepal Telecom ad

अर्घाखाँची, २०८२ पौष २५ । लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा दुई कृति एकैसाथ विमाेचन गरिएकाे छ ।

साहित्यकार नारायण खनाल (नीलम) को कविता सङ्ग्रह ‘जिजीविषाको लय’ तथा गजलकार डिल्लीराज घिमिरे (सङ्गम)को ‘भँगेरी’ गजल सङ्ग्रह विमोचन गरिएको हाे ।

प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद वस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव तिर्थराज आचार्य र उपस्थित महानुभावलाई स्वागत प्रतिष्ठानका उपाध्यक्ष कमल पोखरेलले गर्नुभएको थियो ।

कविता सङ्ग्रह ‘जिजीविषाको लय’ माथि समीक्षात्मक टिप्पणी प्रतिष्ठानका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार माधवराज चुँदाली र ध्रुवबहादुर खत्री तथा ‘भँगेरी’ गजल सङ्ग्रह माथि टिप्पणी कल्पना मरासिनी तथा विष्णुप्रसाद वस्यालले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा स्रष्टाद्वय नारायण खनाल नीलम र डिल्लीराज घिमिरे सङ्गमका अतिरिक्त अन्य साहित्यकारहरू विष्णुप्रसाद वस्याल, कल्पना मरासिनी, कमल पोखरेल, तिर्थराज आचार्य, बुद्धिराम गैरे, इश्वरा पराजुली लगायतले समेत रचना वाचन गर्नुभएको थियो ।

उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित सबै महानुभावको सम्मान गर्दै सबैबाट सामुहिक रुपमा कृतिको विमोचन गरिएको उक्त कार्यक्रममा छुट्टै अतिथिहरू भनेर छुट्टयाइएको थिएन ।

०००
अर्घाखाँचीबाट नारायण खनालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x