साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बस्छम् बुढाबुढी

बस्छम् माला गनी काेेही छाै कि रिस गर्नी ? गरेगर रिस ठाेक आफ्नै शिर हाम्लाई के काे ताप् पीर! भाछम् बुढाबुढी खाछम् गेडागुडी छैन कुनै ताप् पिर !!

Nepal Telecom ad

गाेविन्दबाबु तिवारी :

बस्छम् बुढाबुढी
खान्छम् गेडागुडी
भाँडाेभरी झाेल् हाली ।

छैन तेराे मेराे
लाउन एक सराे
चड्किँदैन कन्पाराे ।

परेवाका जाेडी
हामीलाई नै हेर्छन्
माकुरमाकुर घुर्दछन् ।

हाम्ले छ-या दना
टुकुटुकु टिप्छन्
ठुँड जाेडी किस् खान्छन् ।

हेर्छम् अनि हाँस्छम्
प्वाट्ट बदाम फाेड्छम्
आधाआधा भाग लाउँचम् ।

आफ्नाे दृष्टि छैन
उसकाे श्रवण छैन
परस्परमा भर पर्छम् ।

पूजा काेठा मेराे
भान्सा काेठा उनकाे
बडारकुडार दुबैकाे ।

छैन हानाहानी
ठास्सठुस्स बानी
छैन हामी दुबैकाे ।

त्यसैले त हामी
बस्छम् माला गनी
काेेही छाै कि रिस गर्नी ?

गरेगर रिस
ठाेक आफ्नै शिर
हाम्लाई के काे ताप् पीर!

भाछम् बुढाबुढी
खाछम् गेडागुडी
छैन कुनै ताप् पिर !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रमुख अतिथिको जुत्ता

प्रमुख अतिथिको जुत्ता

गोविन्दबाबु तिवारी
काठमाण्डू

काठमाण्डू

गोविन्दबाबु तिवारी
लौरो

लौरो

गोविन्दबाबु तिवारी
छक्क !

छक्क !

गोविन्दबाबु तिवारी
बूूढी बा !

बूूढी बा !

गोविन्दबाबु तिवारी
गम्भीर अपिल

गम्भीर अपिल

गोविन्दबाबु तिवारी
0
Would love your thoughts, please comment.x
()
x