साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौरो

उसलाई त “देउ वा” भन्न मात्र पर्छ, आँखा चिम्लेर दिन्छ “लाउ वा” भन्न मात्र पर्छ, आँखा चिम्लेर लिन्छ आनाकानी गर्दैन फकाई फुलाई पर्दैन ।

Nepal Telecom ad

एउटा यस्तो छोरो छ
न होचो छ, न गोरो छ
छक्का पञ्जा जान्दैन
शुद्ध एउटा लौरो छ ।

ऊ बोल्छ तर बोल्दैन
हिँड्छ तर हिँड्दैन
बिरोध गर्छ तर बिरोध गर्दैन
किनकि, ऊ निष्पृह छ ।

त्यसैले उसलाई,
“देउ वा” भन्न पर्छ, खुरुक्क दिन्छ
“लाउ वा” भन्न पर्छ खुरुक्क लिन्छ
एउटा यस्तो छोरो छ
न होचो छ, न गोरो छ
छक्का पञ्जा जान्दैन
शुद्ध एउटा लौरो छ ।

लौरो !
हो, लौरो ।
जसलाई आवश्यक पर्दा टेके नि हुन्छ
देखाएर त्यसैलाई, बस्तुभाउ छेके नि हुन्छ
जङ् चल्दा फाल्दिए नि हुन्छ
खाँचो पर्दा
कपास झैँ उठाएर घरको दलिन् हाल्दिए नि हुन्छ
अरू त अरू
त्यसैको टेको लगाएर
उँट्को बिहेमा गधा जन्ती भाको दृष्य हेरे नि हुन्छ ।

एउटा यस्तो छोरो छ
न होचो छ, न गोरो छ
छक्का पञ्जा जान्दैन
शुद्ध एउटा लौरो छ ।

ऊ ज्ञानी छ, दानी छ
त्यसैले त आँखाको नानी छ
उसलाई त
“देउ वा” भन्न मात्र पर्छ, आँखा चिम्लेर दिन्छ
“लाउ वा” भन्न मात्र पर्छ, आँखा चिम्लेर लिन्छ
आनाकानी गर्दैन
फकाई फुलाई पर्दैन ।

एउटा यस्तो छोरो छ
न होचो छ, न गोरो छ
छम्का पञ्जा जान्दैन
शुद्ध एउटा लौरो छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बस्छम् बुढाबुढी

बस्छम् बुढाबुढी

गोविन्दबाबु तिवारी
प्रमुख अतिथिको जुत्ता

प्रमुख अतिथिको जुत्ता

गोविन्दबाबु तिवारी
काठमाण्डू

काठमाण्डू

गोविन्दबाबु तिवारी
छक्क !

छक्क !

गोविन्दबाबु तिवारी
बूूढी बा !

बूूढी बा !

गोविन्दबाबु तिवारी
गम्भीर अपिल

गम्भीर अपिल

गोविन्दबाबु तिवारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x