गोविन्दबाबु तिवारीछक्क !
बुढीको आद्रस्वर सकिँदानसकिँदै साहिलाले फाल ठोक्यो । करिब आधा घण्टा पश्चात् एउटा डाक्टरलाई लिएर आइपुग्यो । घरका सबै जना केही आश्वस्त भए ।

भातसात खाएर घरका सबैजना टिभीमा झुण्डिरहेका थिए । अचानक घरका बूढा घुप्लुक्क ढले । मूर्छा परे । खैलाबैला भयो । रुवाबासी चल्यो । सबै अक्कनबक्क भए । के गर्ने ? कसो गर्ने ? यस्तैमा झट्ट बुढी कराइन्-
डाङ्डर बोलाओ डाङ्डर ।
यो आवाजले सबै झल्याँस्स भए र जेठाले तत्काल फोन उठाइ हाल्यो । तर अकमकियो । किनकि, ऊ त डाक्टरको फोन नम्बर थाहा नभइकनै फोन समात्न पुगेको थियो । तेसपछि ऊ पनि चिच्याउन थाल्यो –
होइन, कुन डाक्टरलाई बोलाउने हो ? नम्बर कति हो ? जवाफ कतैबाट आएन । यस्तैमा बुढी फेरि कराइन्-
होइन के के कुन डाङ्डर र लम्बरको कुरा गरिराख्या भन्या ! एउटा लाठे दौडेर गएर डाङ्डर बोलाएर ल्याउन सक्दैनौ !
बुढीको आद्रस्वर सकिँदानसकिँदै साहिलाले फाल ठोक्यो । करिब आधा घण्टा पश्चात् एउटा डाक्टरलाई लिएर आइपुग्यो । घरका सबै जना केही आश्वस्त भए ।
डाक्टरले सरसरी बिरामी माथि दृष्टिपात गरे । नाडी छामे । आँखाको परेली तानेर हेरे । अनि भने –
के भा’ को ?
बुढीले भनिन्- ख्खै डाङ्डर सा’ब, के भो ’के भो’ ! सँगै बसेर टिभी हेर्दाहेर्दै ह्वाँ त घुप्लुक्क ढलेर मूर्छा परिहाल्नु भो । बोल्न पा’ भा’ पो र यस्तो भा’को भन्नू । देखिहाल्नु भो’नि, उ अहिलेसम्म मूर्छा मै हुनुहुन्छ ।
डाक्टर केही नबोली कानमा आला लगाएर आदत् अनुरूप बिरामीसँग बात् मार्दै जाँच्न थाले….।
पहिले पहिले पनि यस्तो हुन्थ्यो ?
०००००००००
कुनै रोगको औषधि खाने गर्नु भा ’छ ?
०००००००००००
ल अलि लामो श्वास फेर्नूस त । ह्याँ ह्याँ गर्नूस् त ।
००००००००००००
यतिखेर सम्ममा पनि रोगीले कुनै प्रतिक्रिया नजनाएपछि डाक्टर एकछिन् छक्क परे र भने,
ए ! ह्वाँ त मूर्छा पो पर्नु भा र’ छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































