साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँस्न हँसाउन …

खली खाएका बुज्रुककहरूले धैर्यसाथ कलम चलाइदिए भने मुर्दा त नभनौं, मान्छे चाहि हाँस्छ हाँस्छ ! दुनियाँलाई रुवाउनु राजनीतिक अपराध हो भने पाठकहरूलाई हँसाउनु समाजिक सेवा पनि हो ।

Nepal Telecom ad

पुगिसरी आउनेहरू पेट मिचोमिची हाँस्त छन् । भोका नांगा  मरन्च्याँसे र खोपडी खोकिएकाहरू चाहि मुसुक्क हाँसेका परि देखिदैनन् । हाँस्नु हँसाउनु हरेक मान्छेको अधिकार हो भने त्यस किसिमका साहित्यिक कृतिहरू तयार पारिदिनु लेखकहरूको कर्तव्य हो । यो त भयो सिद्धान्तको फलाको मात्र । व्यवहार बिलकुल बिब्ल्याँटो छ ।

खली खाएका बुज्रुककहरूले धैर्यसाथ कलम चलाइदिए भने मुर्दा त नभनौं, मान्छे चाहि हाँस्छ हाँस्छ ! दुनियाँलाई रुवाउनु राजनीतिक अपराध हो भने पाठकहरूलाई हँसाउनु समाजिक सेवा पनि हो ।

चित्त नबुझेको कुरो सोझो भाषामा भन्यो, लेख्यो भने सोझ्याइ हाल्ने चलन चलेदेखि नं कुरो बंग्याएर गर्ने, लेख्ने बानी बसेको हुनुपर्छ पक्का पनि ।

सत्तो सराप गर्नु, अवतार वणर्न गर्नु जस्ता कुरालाई साहित्यमा दर्ता गर्न कत्ति न दिगमगाउनेहरू ’हास्य-व्यग्य’ लाई साहित्य मान्नसम्म तयार छैनन् । स्वनामधन्य लेखक, प्रकाशक, विचारक, प्रचारक, संघ, संस्थान, प्रतिष्ठान आदिले आजसम्म गरे गराएका कारवाई नै यसका साक्षी छन् ।

झण्डै दुई करोड नेपालीका माझ हास्य-व्यंग्य साहित्यको उन्नतिमा चासो राख्ने चार औँलेहरू कति पो छन् र !

काँध चढाइएका अरू विषयका कृतिहरूको दाँजोमा हास्य व्यंग्यका लिखौटे कृतिको गणना गर्न चाहि ’नेपाली साहित्य विश्व साहित्यको दाँजोमा पुगिसक्यो’ भयो गफ गर्नु जत्ति के हो ।

अब के त, हामीहरूले पनि पोस्टर बोकेर पर्चा छर्दै जुलुससाथ नारा लाउनु पर्थ्यो – ’हाँस्न हँसाउन पाउनै पर्छ ! हास्य व्यंग्य साहित्य जिन्दावाद !! तीखो कलम अमर रहोस् !!!

पुलचोक, ललितपुर

२०२०।२।२
(’भानु’ वर्ष १४ अंक २६, विचार विशेषांक, मंसीर सं. २०३४ वाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
डाढो

डाढो

भैरव अर्याल
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
0
Would love your thoughts, please comment.x
()
x