वासुदेव लुइँटेलहाँस्न हँसाउन …
खली खाएका बुज्रुककहरूले धैर्यसाथ कलम चलाइदिए भने मुर्दा त नभनौं, मान्छे चाहि हाँस्छ हाँस्छ ! दुनियाँलाई रुवाउनु राजनीतिक अपराध हो भने पाठकहरूलाई हँसाउनु समाजिक सेवा पनि हो ।

पुगिसरी आउनेहरू पेट मिचोमिची हाँस्त छन् । भोका नांगा मरन्च्याँसे र खोपडी खोकिएकाहरू चाहि मुसुक्क हाँसेका परि देखिदैनन् । हाँस्नु हँसाउनु हरेक मान्छेको अधिकार हो भने त्यस किसिमका साहित्यिक कृतिहरू तयार पारिदिनु लेखकहरूको कर्तव्य हो । यो त भयो सिद्धान्तको फलाको मात्र । व्यवहार बिलकुल बिब्ल्याँटो छ ।
खली खाएका बुज्रुककहरूले धैर्यसाथ कलम चलाइदिए भने मुर्दा त नभनौं, मान्छे चाहि हाँस्छ हाँस्छ ! दुनियाँलाई रुवाउनु राजनीतिक अपराध हो भने पाठकहरूलाई हँसाउनु समाजिक सेवा पनि हो ।
चित्त नबुझेको कुरो सोझो भाषामा भन्यो, लेख्यो भने सोझ्याइ हाल्ने चलन चलेदेखि नं कुरो बंग्याएर गर्ने, लेख्ने बानी बसेको हुनुपर्छ पक्का पनि ।
सत्तो सराप गर्नु, अवतार वणर्न गर्नु जस्ता कुरालाई साहित्यमा दर्ता गर्न कत्ति न दिगमगाउनेहरू ’हास्य-व्यग्य’ लाई साहित्य मान्नसम्म तयार छैनन् । स्वनामधन्य लेखक, प्रकाशक, विचारक, प्रचारक, संघ, संस्थान, प्रतिष्ठान आदिले आजसम्म गरे गराएका कारवाई नै यसका साक्षी छन् ।
झण्डै दुई करोड नेपालीका माझ हास्य-व्यंग्य साहित्यको उन्नतिमा चासो राख्ने चार औँलेहरू कति पो छन् र !
काँध चढाइएका अरू विषयका कृतिहरूको दाँजोमा हास्य व्यंग्यका लिखौटे कृतिको गणना गर्न चाहि ’नेपाली साहित्य विश्व साहित्यको दाँजोमा पुगिसक्यो’ भयो गफ गर्नु जत्ति के हो ।
अब के त, हामीहरूले पनि पोस्टर बोकेर पर्चा छर्दै जुलुससाथ नारा लाउनु पर्थ्यो – ’हाँस्न हँसाउन पाउनै पर्छ ! हास्य व्यंग्य साहित्य जिन्दावाद !! तीखो कलम अमर रहोस् !!!
पुलचोक, ललितपुर
२०२०।२।२
(’भानु’ वर्ष १४ अंक २६, विचार विशेषांक, मंसीर सं. २०३४ वाट)
Subscribe
Login
0 Comments
Oldest










































