साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए मान्छे !

मान्छे चिनेर मान्छे सुहाउँदो व्यवहार गर जमीनमा बसेर आकाशको भर नपर । ए मान्छे ! तैँले आफूलाई जे सम्झेको छस् अरूले त्यही सम्झेका छैनन् अर्कै सम्झेका छन् - अर्कै !

Nepal Telecom ad

वासुदेव शर्मा लुइँटेल :

ए मान्छे !
सत्तोसराप गर्नेलाई
शत्रु भनेर
तेले चिनेको छस्
हो।
तर-
हजूरै हजुरको गजुर लाउने
तेरो पुजारी बनिटोपलेको
धूर्त पाखण्डीको पनि पारख गर
ए मान्छे !
तारीफै – तारीफको मात्र भर नपर ।

ए मान्छे !
नेतागिरीको नौनी दलिएको
तेराे तालुमा
आलु फल्नुभन्दा पहिले नै
ती खस्रा पाइला टेकिएको दिन
तैँले बलि बन्नुपर्नेछ, बलि !

ए मान्छे !
मान्छे चिनेर
मान्छे सुहाउँदो व्यवहार गर
जमीनमा बसेर
आकाशको भर नपर ।

ए मान्छे !
तैँले आफूलाई जे सम्झेको छस्
अरूले त्यही सम्झेका छैनन्
अर्कै सम्झेका छन् – अर्कै !
तँ आफूलाई प्रलयङ्कारी महादेव सम्झन्छस् भने
तेरी स्वास्नी तेरै छातीमा टेकेर
अट्टहास गर्दैछे भन्ने पनि नबिर्सी
पत्यार नलागे –
हनुमान ढोकाको नाम नमिलेको
कालाभैरव भनिनेलाई हेर ।

ए मान्छे !
सलाम, स्वस्ति, नमस्कारको मात्र भर नपर ।

०००
[‘भालुपुराण’ बाट ]
‘छ्याकन’ (२०३३)

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
फेरि दर्शन पाइनँ !!!

फेरि दर्शन पाइनँ !!!

वासुदेव लुइँटेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x