गोविन्दबाबु तिवारीबूूढी बा !
पिइन्थ्यो रसिलो मोही सुकेको आँत बिउँतिने । फोडिन्थे घिउका ठेकी जर्नेली भात उम्लने ।। वासना चल्दथ्यो यस्तो लेकका कस्तुरी पनि । बिर्सेर कलिला मुना हेर्दथे शैलका मुनि ।

जिन्दगी मृगतृष्णा भै सिद्धिए कार्यका दिन ।
अमिलो मनका साथ चल्दैछ जीणर् यो तन ।।
उत्साह कति उर्लन्थे फर्किए ती कता गए ।
बारम्बार उठी गिर्ने समुद्री छाल झैँ भए ।।
भेटिएन किनारा लौ मिल्कनै पर्नु नै भए ।
मिले हुन्थ्यो नि टुक्रा एक् भूमि आधारको हुने ।
बिना वजनका सिन्का पानीका छालमा अहा ।
बगे जस्तै भयो जीवन हुँदै डुब्बक डुब्बका ।।
घोटियो हाड सम्पूणर् छालाको भाग झोलियो ।
सा-हो भन्नु कहीँ छैन जहाँ छाम्यो उहीँ गिलो ।।
परदेश भयो आँगन ,कोठा,बुँइगल,झ्याल् पनि ।
गाँस एक कठिनैले निलिन्छ ठस्ठसी कनी ।।
दिन काट्न दिनै लामो रात झन् बाफिलो कहर्।
भई छट्पट् चलिरन्छ नबित्दैमा प्रथम प्रहर ।।
चल्दछन् मनमा के के अनेक थरिका कुरा ।
बाल्य वा बैसका कालका कुनै ठूला कुनै भुरा ।।
सुुनाउँ त कसैलाई फुर्सदिला नभेटिने
सुनूँ आफै भन्यो फेरि कानले मान थप्दिने ।।
लौ भै गो राममै चित्त लगाऊँ त भनी बस्यो ।
धोका ठोकेर आँखाले कता हिँड्यो कता हिँड्यो ।।
बेलाको बोली नै अर्को समाज स्थानमा थियो ।
अनुशासन आचार व्यवहार असल् थियो ।।
घन्कन्थे वेदका ऋचा रन्कन्थे शङ्खका ध्वनि ।
धर्मानुशासना खातिर तप्त हुन्थे ऋषि मुनि ।।
पिइन्थ्यो रसिलो मोही सुकेको आँत बिउँतिने ।
फोडिन्थे घिउका ठेकी जर्नेली भात उम्लने ।।
वासना चल्दथ्यो यस्तो लेकका कस्तुरी पनि ।
बिर्सेर कलिला मुना हेर्दथे शैलका मुनि ।
जहाँ बथान गाई र बाख्रा बुर्बुर कुद् दथे ।
निर्भयी मन बोकेर जहाँतहीँ ती डुल्दथे ।।
थिएन कमी केहिको भरिला टन्न बस्ती थे ।
त्यस्तो आदर्शको राज अहिले मिल्न सक्छ के ? ।।
बाख्रो चर्थ्यो नजिकैमा बनको बाघ घुर्दथ्यो ।
भोटे कुकुरका साथ बिरालो खेल खेल्दथ्यो ।।
परेवा बाजका जोडी मिली वेग बनाउँदै ।
कावा खाएर हावामा बादलका छाल फोर्दथे ।।
रचना यसरी फुल्दा मस्त भै मेघराजले।
बेला र तबला ठोक्दै झिक्दथे राग जोडले ।।
मयूर झैँ बेगले पङ्ख फिँजाई जोडले घुमी ।
फुर्तीफार्ती निकै झिक्थी बिजुली नर्तकी बनी ।।
तर्साऊँ कि भनी मेघ स्वर फेर्थे घरीघरी ।
थर्काई व्योममा शब्द गड्याङ्गमड्याङ्ग गरीवरी ।।
बेमेल बीचका मेल नछुट्दा दङ्गमा परी ।
उम्रन्थ्यो मुखमा पानी वर्षन्थ्यो दर्कने परी ।।
धरा मुस्काउँथिन् उसमा दृष्टि माथि घुमाउँदै ।
काखका प्राणीका मुखमा रसपान गराउँदै ।।
मेलको खेलमा यस्तो रचना उच्च फुल्दथ्यो ।
एकैसाथ सबै क्षेत्र सुनौला भई खुल्दथ्यो ।।
रहेनन् दिन ती अहिले सम्झना मात्र बाँकी छ ।
फगत् लौ दीनका हालमा सातुका फाँकी चल्दछ ।।
ढुङ्गा पचाइयो वैँसमा मुड्कीले फर्सी फोडियो ।
घुँएत्रो फन्फनी पारी शत्रुका दुर्ग तोडियो ।।
पिएका पानी के होलान् अहिलेका फुस्स वैँसले ।
ठाडो घाँटी लगाएर जो पियौँ घिउ हामीले ।।
त्यस्सै यी वैँसका चल्ला हातखुट्टा सबै गली ।
फ्याँफ्याँ गर्छन् निमेषैमा छाती फोक्सो सबै फुली ।।
तिर्खा मेट्न भनी बस्छन् बोतलका मोहमा फसी ।
मुखै बिगार्दछन् त्यस्सै देख्दैमा घृत वा मही ।।
“दिमाग रन्कनु पर्छ त्यस्तो पो तान्नु” ए बूढा ।
“लोटा समाती फाल् ठोक्नु छैन है” भन्दछन् गधा ।।
के भन्नू,खकसरी हेर्नू, के सुन्नु के सुनाउनु ।
जमाना यसरी बिग्य्रो के गरि मन बुझाउनु !
गुहुमा स्वणर् गिर्नाले गुहु पो बिटुलो हुने
भने जस्तै हुने हुने हो कि ! भनेरै म त चुप् रहेँ ।।
२०५४, बैशाख
Subscribe
Login
0 Comments
Oldest






































