साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तिनाथ अधिकारीको यात्रास्मृति ‘नेपाल यात्रा’ कृति लोकार्पण

पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षता, वरिष्ठ अधिवक्ता तथा प्रसिद्ध साहित्यकार लीला उदासीज्यूको प्रमुख आतिथ्यमा शिक्षासेवी उद्धव बिस्ट, आख्यानकार पुण्यप्रसाद खरेल, पूर्वप्राध्यापक केशबहादुर राईलगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

धुलाबारी, झापा/२०८२ पुस २८। त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारीले आयोजना गरेको लेखक मुक्तिनाथ अधिकारीको यात्रास्मृति ‘नेपाल यात्रा’ नामक कृतिको लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्मापन्न भएकाे छ ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षता, वरिष्ठ अधिवक्ता तथा प्रसिद्ध साहित्यकार लीला उदासीज्यूको प्रमुख आतिथ्यमा शिक्षासेवी उद्धव बिस्ट, आख्यानकार पुण्यप्रसाद खरेल, पूर्वप्राध्यापक केशबहादुर राई तथा कृतिकार मुक्तिनाथ ओझालाई मञ्चमा बसाएर कार्यक्रम सुरु भयो ।

कृतिका प्रकाशक चूडामणि ओझाले स्वागत तथा पुस्तकालय सचिव सुदर्शन बरालले सन्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथिबाट कृति ‘नेपाल यात्रा’ लोकार्पण भएपछि त्यस लोकार्पित कृतिबारेमा परिचयात्मक चर्चा आख्यानकार पुण्यप्रसाद खरेलले गर्नुभएको थियो ।

कवि डिल्लीराज नेपालले कृतिकार मुक्तिनाथ ओझाको परिचय गराउँदै लोकार्पित कृतिका बारेमा पनि केही कुरा राख्नुभयो ।

मेची जनसाधारण मा.वि.का पूर्वप्रअ हरिप्रसाद नेउपाने, कमलप्रसाद नेउपाने, नीलकण्ठ तिवारी, केशबहादुर राई, उद्धव बिस्ट, लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले कार्यक्रका साथै कृतिकार मुक्तिनाथ ओझालाई शुभकामना मन्तव्य राख्नुभयो ।

प्रमुख अतिथि लीला उदासीले लेखकसँगको परिचयको सन्दर्भ उठाउँदै कृतिका बारेमा पनि छोटो कुरा राखेर लेखकलाई अरु अझ राम्राराम्रा कृति समाजलाई प्रदान गर्न शुभकामना भन्नुभयो । तोयालाल दाहालले लोकलयमा एउटा कविता सुनाउनु भयो ।

कृतिप्रकाशक चूडामणि ओझा (कृतिकारका जेठा सुपुत्र)को आज जन्मदिन पनि परेको सन्दर्भमा उहाँलाई फूलमाला लगाइदिएर शुभकामना प्रदान गर्ने सानो कार्यक्रम पनि गरेर अध्यक्ष प्रेमप्रकाश फलाहारीले संक्षिप्तमा मन्तव्य राख्तै आजको कार्यक्रमको बिट मार्नुभयो ।

उपर्युक्त व्यक्तिहरुका अतिरिक्त आजको कार्यक्रममा कवि शिरोमणि मा.वि.का प्रअ हरि नेउपाने, गोपाल सापकोटा, रामबहादुर तामाङ, रामप्रसाद दाहाल, डम्वरुवल्लभ पौडेल, तोयानाथ शर्मा, सुशील भट्टराई, लेखककी जीवनसाथी कौशिला ओझा, देवीप्रसाद काफ्ले, सुनील भट्टराई, मनिष ओझा, निर्मल रिजाल, रितिका रिजाल, विमला ओझा, ओमप्रकाश दाहाल, हिरण्यप्रसाद भट्टराई, राजु खनाल, खिलमाया नेपाल, डिल्लीराम शिवाकोटी लगायत ५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x