साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शेषराज भट्टराईको सातौँ हास्यव्यङ्ग्य कृति प्रकाशित

एकतिसवटा हास्यव्यङ्ग्य निबन्धहरु समावेश गरिएको उक्त कृतिमा प्रा.डा. मुकेशकुमार चालिसेले शुभकामना मन्तव्य र डा. रमेश शुभेच्छुले विश्लेषणात्मक भूमिका लेख्नु भएको छ ।

Nepal Telecom ad
पाेखरा, २०८२ पुस २८ । पोखराका हास्यव्यङ्ग्य लेखक शेषराज भट्टराईको सातौँ कृति “पोले पनि घामै प्यारो पिटे पनि आमै प्याराे” प्रकाशित भएको छ । एकतिसवटा हास्यव्यङ्ग्य निबन्धहरु समावेश गरिएको उक्त कृतिमा प्रा.डा. मुकेशकुमार चालिसेले शुभकामना मन्तव्य र डा. रमेश शुभेच्छुले विश्लेषणात्मक भूमिका लेख्नु भएको छ ।
भट्टराईका यसअघि अषिमुनिका सन्तान सिसीमुनि (२०५९), जातले पकाएको भात (२०६७), कहिले सासूको पालो कहिले बुहारीको पालो (२०६९), अषिमुनिका सन्तान सिसीमुनि (दोस्रो संस्करण २०७०), तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा (२०७१), धर्मको धोक्रो (२०७४), पावर अफ पर्स (थैलीको तुजुक) (२०७८), हास्यव्यङ्ग्य निबन्ध कस्तो हुनुपर्छ (२०७९) र पोले पनि घामै प्यारो पिटे पनि आमै प्यारो (२०८२) प्रकाशित भइसकेका छन् ।
पोखरा फूलबारी ११ निवासी शेषराज भट्टराई भैरव पुरस्कार गुठीले प्रदान गर्ने भैरव प्रतिभा पुरस्कार २०७२ र फित्कौली हास्यव्यङ्ग्य निबन्ध पुरस्कार २०८२ बाट सम्मानित प्रतिभा हुन् । प्रजातन्त्रको उदयपछि हास्यव्यङ्ग्य निबन्ध लेखनमा सक्रिय शेषराज भट्टराई हास्यव्यङ्ग्य पत्रिका फित्कौलीकाे संरक्षक सदस्य तथा फित्कौली डटकमको नियमित स्तम्भकार पनि हुन् ।
नयाँ हास्यव्यङ्ग्य कृति प्रकाशनकाे यस अवसरमा फित्काैली डटकम शेषराज भट्टराईप्रति हार्दिक बधाइ ज्ञापन गर्दछ ।
०००
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x