फित्काैली डटकममञ्जुश्री साहित्य समाजको ८२ औँ शृङ्खला
अध्यक्षता - डा. बमबहादुर थापा जिताली सञ्चालन – वीरबहादुर लोहनी, माध्यम - भर्चुअल प्रमुख आमन्त्रित / कवि जगदीश्वर पोखरेल विशिष्ट आमन्त्रित कवि मदनबहादुर थामा र कवि पुरुषोत्तम सिग्देल हुनु हुन्थ्यो ।

काठमाडाैं, ०८२ पुस २९ । मञ्जुश्री साहित्य समाजको ८२ औँ शृङ्खला तथा एकताका नायक पृथ्वीनारायणको ३०४ औँ जयन्ती विशेष कविगोष्ठी मङ्गलवार भव्य किसिमले सम्पन्न भयो ।
अध्यक्षता – डा. बमबहादुर थापा जिताली सञ्चालन – वीरबहादुर लोहनी, माध्यम – भर्चुअल प्रमुख आमन्त्रित / कवि जगदीश्वर पोखरेल विशिष्ट आमन्त्रित कवि मदनबहादुर थामा र कवि पुरुषोत्तम सिग्देल हुनु हुन्थ्यो ।
१. टेकबहादुर लौडारी – पृथ्वीनारायण – अनुष्टुप्को लयमा २. ध्रुबराज थापा – बा हराएको सूचना – स्वछन्द लयमा ३. मदनराज थापा – पृथ्वी – स्वछन्द लयमा ४. पुरुषोत्तम सिग्देल – पृथ्वी र बिसे नगर्ची – वसन्ततिलका लयमा ५. द्वारिका कुइँकेल – मेरो मान्छे – लोकलयमा ६ ऋषिकेश बराल – राष्ट्रभक्ति -शार्दूलविक्रीडित लयमा ७. वीरबहादुर लोहनी – विशाल छ नेपाल – लोकलयमा ८. जगदीश्वर पोखरेल – एकताका प्रतीक – अनुष्टुप् को लयमा रचना प्रस्तुत गरिए ।
डा. बमबहादुर थापा जिताल – अध्यक्षको पदीय मन्तव्य र कविता – दिव्य- उपदेश – अनुष्टुप् लयमा – काव्यगोष्ठी साँझ – ६.३० बजे गरिएकाे थियाे ।
०००
जगदीश्वर पोखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































