साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो बुढ्यौली गहना म भन्छु

बन्दै पुजारी म त देश पुज्ने हो आर्तको बन्दछु दर्द बुझ्ने झारेर तारा बरु जून गन्छु मेरो बुढ्यौली गहना म भन्छु॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे” :

यो अङ्गभित्रै बल भीमको छ
छन् पाखुरीमा रज तेज जो छ
खानै परे अग्नि खलि सहन्छु
मेरो बुढ्यौली गहना म भन्छु॥१

सत्कर्ममा रम्छु प्रश्वेद झारी
नेपालको नै मुहुडा सिँगारी
गाथा सधैँ गौरवको कहन्छु
मेरो बुढ्यौली गहना म भन्छु॥२

छन् लक्ष मेरा पनि व्योम चुम्ने
खोज्दै महामानव विश्व घुम्ने
फाली बियाँ चामल त्यो निफन्छु
मेरो बुढ्यौली गहना म भन्छु॥३

पेसा भयो लिन्न म राजनीति
फसिन्छ भन्ने मनमा छ भीति
उत्कोच चन्दा नलिने म बन्छु
मेरो बुढ्यौली गहना म भन्छु॥४

बन्दै पुजारी म त देश पुज्ने
हो आर्तको बन्दछु दर्द बुझ्ने
झारेर तारा बरु जून गन्छु
मेरो बुढ्यौली गहना म भन्छु॥५

०००
चा. ना. पा. ३, दुबुलाँपू, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्ध आश्रम बनून् शिवालय

वृद्ध आश्रम बनून् शिवालय

रामशरण न्याैपाने
वृद्धमा खुसी फुलोस् …

वृद्धमा खुसी फुलोस् …

रामशरण न्याैपाने
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

रामशरण न्याैपाने
फर्केन छोरो दिन दागबत्ती

फर्केन छोरो दिन दागबत्ती

रामशरण न्याैपाने
होली

होली

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x