साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियात्राकार छविरमण सिलवालको ‘अमेरिकाको घाम’ लोकार्पित

राजधानीमा उक्त कृति श्रीओम श्रेष्ठ रोदन,नियात्राकार सिलवाल, सुमन सौरभ,केशव पराजुली,नन्दु उप्रेती, मधु पाठक, प्रदीप सापकोटा लगायतले लोकार्पण गरे ।

Nepal Telecom ad

काठमाडौं। नियात्राकार छविरमण सिलवालको नविनतम नियात्राकृति अमेरिकाको घाम लोकार्पित भएको छ ।

बुधबार राजधानीमा उक्त कृति श्रीओम श्रेष्ठ रोदन,नियात्राकार सिलवाल, सुमन सौरभ,केशव पराजुली,नन्दु उप्रेती, मधु पाठक, प्रदीप सापकोटा लगायतले लोकार्पण गरे ।

नियात्राकार सिलवाल पाठकलाई आफूसँगै अमेरिका, यूरोप र चीनको यात्रा गराउन सक्षम भएको वरिष्ठ साहित्यकार रोदनले बताए । कृति मीठासपूर्ण भएकोले पाठकको माया पाउँने भुँडीपुराणका प्रवन्ध निर्देशक पराजुलीले बताए ।

यस अघि दश कृतिहरु प्रकाशित गरिसकेका सिलवालको यो दोस्रो नियात्रा कृति हो । कृतिभित्र विभिन्न शीर्षकका १३ थान नियात्राहरु समावेश भएका छन् ।

राजकुमार बानियाँका अनुसार सरल,सहज र सवेद्य भाषा अनि गाहे ब गाहे काव्यलहरीले यात्रा वृतान्तलाई सुन्दर बनाएको छ ।

कुमारी लामा भन्छिन् जीवनका हर क्षण उत्सवमय बनाउन खप्पिस सिलवाल स्लोभेनियन नजरावें मा एकाध पटक मात्र सामेल भए तापनि अमेरिकाको घाम मार्फत समस्त पाठकहरुलाई रमरमिलो महसुस गराउन भने सफल छन् ।

अमेरिकाको घामलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.२७५। रहेको छ ।

०००
प्रदिप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x