साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध जोडी

निरोगी भै दोटै जीव दीर्घायु होऊन् शिखण्डी बिर्साई नित्य संस्कार छाऊन् ! छ भाग्गेमा जे जे दैवले दिन्छ भन्छन् मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् ।

Nepal Telecom ad

पदम दाहाल :

भयो यात्रा लामो किन्तु खै त्यो जवानी
अझै बाँकी उस्तै कर्म कर्मिष्ठ नामी ।
भएनन् आफन्ती व्यग्र वृद्धा भला झन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् । ।१।

बुझे वा बुझ्दैनन् याद सद्भाव छैनन्
पिरोलो ठाने वा वृद्ध सत्कार छैनन् ।
विदेशी भो आफ्नो सज्जनै साथ को छन् ?
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् । ।२।

चखेवाको जोडी हो कि उस्तै छ बानी
नबिर्सौँ झैँ लाग्ने राम–सीता कहानी ।
परेवाको जोडी शान्तिका दूत भन्छन्
दुरुस्तै हो मिल्ती वृद्धवृद्धा सँगै छन् । ।३।

बजै–बाजे मैत्री प्रेम सद्भाव कस्तो
फलैँचा चौतारी मेल विश्राम जस्तो ।
भरोसा आफैँमा जिन्दगी कामयाबी
मिलेका छन् ज्यादै वृद्ध जोडा नबाझी । ।४।

निरोगी भै दोटै जीव दीर्घायु होऊन्
शिखण्डी बिर्साई नित्य संस्कार छाऊन् !
छ भाग्गेमा जे जे दैवले दिन्छ भन्छन्
मिलेका साथी झैँ वृद्धवृद्धा सँगै छन् । ।५।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x