साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा महेश्वर पन्तको कथाकृति ‘धर्तीमुनिका तारा’ सार्वजनिक

पार्थिवेश्वर तिमिल्सिनाकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे ।

Nepal Telecom ad

स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित कथासङ्ग्रह “धर्तीमुनिका तारा” एक विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ ।

साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृतिको लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त तत्वावधानमा सम्पन्न कार्यक्रममार्फत गरिएको हो ।

कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले गर्नु भएकाे थियाे भने अतिथिहरूलाई अनेसासका अध्यक्ष राजेन्द्र के.सी. ले स्वागत मन्तव्यद्वारा अभिवादन गर्नु भयाे ।

उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे । सभापति पार्थिवेश्वर तिमिल्सिना, विशेष अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तथा विशेष वक्ताहरू प्रा.डा. गोविन्दमानसिंह कार्की, प्रा.डा. रामप्रसाद दाहाल, सन्ध्या पहाडी, स्रष्टा महेश्वर पन्त, राजेन्द्र के.सी., सम्पादक रमेश दाहाल र राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेलगायत मञ्चासीन व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नु भयाे ।

सोही अवसरमा अनेसास नेपाल च्याप्टरले स्रष्टा महेश्वर पन्तलाई खादा, माला तथा दोसल्लासहित “स्रष्टा प्रज्ञा सम्मान–२०८२” प्रदान गरी सम्मानित गरियाे ।

कार्यक्रममा विशेष वक्ता सन्ध्या पहाडीले उक्त कथासङ्ग्रहमा अन्तर्निहित नारीसम्बन्धी संवेदनशील विषयवस्तुहरूको विवेचनात्मक चर्चा गर्नु भयाे भने प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिको संरचना, विषयवस्तु तथा साहित्यिक महत्त्वमाथि विस्तृत टिप्पणी प्रस्तुत गर्नु भयाे । त्यसैगरी प्रा.डा. रामप्रसाद दाहालले कथाभित्र निहित अन्तर्य, जीवनानुभूतिको प्रभाव र पाठकमा पर्ने साहित्यिक प्रभावबारे गम्भीर विश्लेषण गर्नु भयाे ।

स्वयं स्रष्टा महेश्वर पन्तले कथा लेखनका प्रेरणा–स्रोत, विषयवस्तुको चयन तथा पात्रहरूसँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव साझा गर्नु भयाे । पन्तका “मुन्द्री”, “नबोल्नेहरू”, “फुर्लुङ”, “बौलाको डायरी” जस्ता कथा तथा उपन्याससहित आधा दर्जनभन्दा बढी कृतिहरू पाठकमाझ लोकप्रिय रहँदै आएका छन् र उहाँ विभिन्न संघसंस्थाबाट सम्मानित तथा पुरस्कृतसमेत भइसक्नु भएकाे  छ ।

कार्यक्रममा सापसका अध्यक्ष राधेश्याम लेकालीले स्रष्टा महेश्वर पन्त तथा उहाँका कृतिहरूको निरन्तर सफलताको कामना व्यक्त गर्नु भयाे । त्यसैगरी साहित्यकार मदनराज थापा तथा अनेसास हवाई च्याप्टरकी अध्यक्ष अमृता स्मृतिलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे  ।

सम्पादक रमेश दाहालले आफ्नो सम्पादकीय मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि भूपाल राईको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभयाे ।

प्रमुख अतिथि राईले स्रष्टा महेश्वर पन्तको साहित्यिक व्यक्तित्वको प्रशंसा गर्दै आफू अमेरिका जाँदाका बेला पन्तबाट प्राप्त आत्मीय सत्कारको स्मरणसहित कृति “धर्तीमुनिका तारा”को महत्त्वबारे विचार व्यक्त गर्नु भयाे ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष गजबकुमारी तिमिल्सिना, पार्थिवेश्वर तिमिल्सिना, राजेन्द्र केसीद्वारा सम्पादक रमेश दाहाल, विशेष वक्ताहरूः प्रा.डा. गोविन्दमानसिंह कार्की, प्रा.डा. रामप्रसाद दाहाल, सन्ध्या पहाडी र प्रमुख अतिथि माननीय कुलपति भूपाल राईलाई स्मृतिचिह्न प्रदान गरिएको थियो ।

जिएमपी तिमिल्सिना फाउण्डेसनको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार, संगीतकार सन्तोष श्रेष्ठ, डा. बुनु दाहाल, मुक्तककार पार्वती भट्ट, अनेसास गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र के.सी. ‘देवु’ साहित्यकार राधा कार्की दुलाल, माननीय पूर्वन्यायाधीश शेषराज सिवाकोटी, साहित्यकार रामप्रसाद पन्त, शोभाभक्त पन्त, खेम शर्मा पौडेल, घनश्याम पाण्डे, संगीतकार नरहरि प्रेमी, कवि गीता कार्की, जगदीश तिमिल्सिना, ओमकार तिमिल्सिनालगायतका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित साहित्यप्रेमीहरूको बाक्लो सहभागिताले सभाहल खचाखच भरिएको थियो ।

साहित्यकार ऋषभदेव घिमिरेद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको अन्त्यमा सभापति पार्थिवेश्वर तिमिल्सिनाले लोकार्पित कृतिभित्र समेटिएका कथाका विषयवस्तु र त्यसको साहित्यिक मूल्यबारे मन्तव्य व्यक्त गर्दै कार्यक्रम विसर्जन गरिएकाे थियाे ।

कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रकाशित यस कृतिको वितरक कालिन्चोक बुक डिस्ट्रीब्युटर्स, प्रदर्शनीमार्ग रहेको छ भने सबै पुस्तक पसलबाट तथा अनलाइन पुस्तक पसलहरूबाट पनि पुस्तक पाइने कुरा वितरकले बताएका छन् । बिक्रीबाट सङ्कलित रकम प्रतिष्ठानले नेपाली भाषा, साहित्यको प्रवर्द्धन तथा सामाजिक विकासमा प्रयोग गर्ने कुरा स्रष्टा महेश्वर पन्तले बताउनु भयाे ।

०००
राजेन्द्र केसीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x