साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य कला सङ्गमको रचना वाचन कार्यक्रम सम्पन्न

Nepal Telecom ad

दमक । साहित्य कला सङ्गम दमकले सिर्जनशील रचना वाचन कार्यक्रमको ६१ ओै शृङ्खला शुक्रवार एक कर्यक्रमका बिच सम्पन्न गरेको छ ।

कवि तथा साहित्यकार प्रा डा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रतिभा निकेतन दमकका संस्थापक अध्यक्ष खेमलाल पोख्रेल, प्रतिभा निकेतनका पूर्व अध्यक्ष मेघराज तिम्सिना लगायतको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा डेढ दर्जन भन्दा बढी स्रष्टाहरूले रचनावाचन गरेका थिए । रचनावाचन गर्नेहरुमा साहित्यकला सङ्गमका अध्यक्ष बिन्दु दहाल मूकदर्शक ,उपाध्यक्षहरू यादवप्रसाद अधिकारी झाँक्रिखोले, चन्द्रा गड्तौला, दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल, सचिव बिरेन्द्र खड्का, सहसचिव मेघनाथ बन्धु, सदस्यहरु विवेक दुलाल क्षेत्री, गोपाल दहाल लगायत स्रष्टाहरु किशोर खनाल, खड्ग बहादुर खड्का, शान्तप्रसाद भट्टराई, गीता कुँवर रहेका छन् ।

कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव वीरेन्द्र खड्काले गर्नु भएको थियो ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x