साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँ अब बुढाे भइस्

र, जानाजान भिडाउनु हुन्न कोही कसैलाई 'तँ अब बुढो भइस्' को अनावश्यक उपाधि अनावश्यक लाञ्छना र, अनावश्यक विशेषण ।

Nepal Telecom ad

पिँडालु पण्डित :

उनान्सय पैसाले
एक रुपैयाँ हुँदैन
उनान्सय रुपैयाँले
एक सय हुँदैन
न त उनान्सय हजारले
एक लाख हुन्छ
थाहा छ
मान्छेलाई यी कुरा
जानकार छ
मान्छे यी कुरामा
तैपनि ऊ
विनाबुढोको समाज
कल्पना गर्छ
विनाबुढो समाजमा
पूर्णता खोज्छ
अनि सोच्तैन ऊ
समाजको परिकल्पनामा
बुढो सजिनुपर्छ
समाजको पूर्णतामा
बुढो समेटिनुपर्छ
तब समाज
समाज भएर अघि बढ्छ
तब मानवीयता
ससम्मान अघि बढ्छ
हैन भने
मान्छेको अधोगतिका लागि
कुनै खाल्डो खन्नु पर्दैन
कुनै डढेलो लाउनु पर्दैन
कुनै बाढी पैरो आउनु पर्दैन
न त कुनै भूकम्पले नै
थिल्थिलो पार्नुपर्छ
तिनलाई ऊ त्यसै नासिँदै जान्छ
ऊ त्यसै भासिँदै जान्छ
बदलिन्छ स्वरूप
र, मान्छे रहँदैन ऊ
बदलिन्छ मन मुटु
र, मान्छे भनिंदैन ऊ
स्वरूपमा भेटिएला मान्छे
तर गुणमा भेटिन्न
आकारमा ठडिएला मान्छे
प्रकारमा भेटिन्न
मान्छे
मान्छे भएर बाँच्न सक्तैन भने
सृष्टि उल्टाइदिए हुन्छ
पृथ्वी पल्टाइदिए हुन्छ
हैन भने
झिल्कोसम्म रहँदा पनि
अस्तित्व स्वीकार
गरिनुपर्छ मान्छेको
विनाअपराध
कोही हेपिनु हुन्न समाजमा
कोही पेलिनु हुन्न समाजमा
कोही थिचिनु हुन्न समाजमा
कोही मिचिनु हुन्न समाजमा
चाहे त्यो बोलीले होस्
वा, व्यवहारले
र, जानाजान भिडाउनु हुन्न
कोही कसैलाई
‘तँ अब बुढो भइस्’ को
अनावश्यक उपाधि
अनावश्यक लाञ्छना
र, अनावश्यक विशेषण ।

०००
तँ अब बुढो भइस् (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x