नन्दलाल आचार्यरङ्गहरूको कथा
रंगहरू बदलिन्छन्, तर हामीलाई जोड्ने धागो भने कहिल्यै सड्दैन । यो केवल कपडा होइन, हाम्रो पहिचान र अस्तित्वको आधार हो ।

नन्दलाल आचार्य :
“तिमीले हाम्रो इतिहास बुझ्नुपर्छ, रमा !” बुबाले गहिरो अर्थमा भन्नुभएको थियोे ।
रमाले झसङ्ग हुँदै सोधिन्, “बुबा, हाम्रो पहिरनलाई के अहिलेका युवाले बुझ्न सक्दैनन् ? हामीले यो पोशाक लगाएर के प्राप्त गरेका छौं ?”
बुबाले मुस्कानसहित भन्नुभयो, “रंगहरू बदलिन्छन्, तर हामीलाई जोड्ने धागो भने कहिल्यै सड्दैन । यो केवल कपडा होइन, हाम्रो पहिचान र अस्तित्वको आधार हो । हामी प्रत्येक दिनमा नयाँ रंग खोज्न सक्छौं । ती रंगले हाम्रो इतिहासमा बनेको छ, त्यो कहिल्यै गुम्दैन ।”
आँखा चम्काउँदै रमाले पनि कुरा बुझिन् । उनी सधैं एक वृद्ध दम्पतीलाई देख्थिन्, जो धोती-कमिज, लुङ्गी-पटुकीमा सजिएका थिए । उनीहरूको हाँसोले पुरानो याद ताजा पार्दै थियो ।
“अब म बुझ्छु, बुबा !” रमाले भनिन्, “हाम्रो पहिरनले हाम्रो अस्तित्वका पाइलाहरू सम्झाउँछ ।”
बुबाले थप्नुभयो, “रङ्ग बदलिँदै जान्छ, तर कपडाको धागो जस्तै हाम्रो पहिचान कहिल्यै टुट्दैन।”
०००
२०८१ पुस १७ गते ।
Subscribe
Login
0 Comments
Oldest









































