साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ वृद्ध के दिमागमा ?

भएर पूर्व पञ्चमा समेत वृद्धमा हठ अझै तलै झरी सके रहेन शेष तागत युवा विदेशमा हुँदा गलेर देश नीदमा बिहाल खेप्छ जिन्दगी छ वृद्ध के दिमागमा ?

Nepal Telecom ad

कविराज घिमिरे :

बनी सवाल शून्यझैँ विचार उग्र पोखियो
खुलेन वृद्ध खोपडी निकास बन्द देखियो
छ मारकाट ज्यादती लुटार छन् सयौँतिर
मुना सुकेर वृक्षका बढे समग्र पत्कर ।। १

व्यथा छ खड्गमा ठुलो छ शेर झन् निमोठिने
प्रचण्ड लेप्सिँदै गयो जहाँ टका छ पाइने
झनै छ बाबुरामको कथा न धर्म थामियो
नेपालका कि भारती भनेर भन्न सक्छ को ? २

बुढा भनेर के गरौँ भएन सोच दर्बिलो
बनेन कर्म एउटा अहा बनेर गर्बिलो
न हिम्मती बने कुनै अरू नकाम छन् सब
समाजवाद उल्टियो भनेर हिँड्छ माधव ।। ३

नरेश हुन्न पूर्वको म वर्तमानको भनी
जपेर मन्त्र एउटा छ व्यस्त वृद्ध जीवनी
दिमागमा अशुद्धता भरेर जान्छझैँ भयो
निजी भलाइ निम्तिमा कुदेर शासना दियो।। ४

भएर पूर्व पञ्चमा समेत वृद्धमा हठ
अझै तलै झरी सके रहेन शेष तागत
युवा विदेशमा हुँदा गलेर देश नीदमा
बिहाल खेप्छ जिन्दगी छ वृद्ध के दिमागमा ?

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x