साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाने मुखलाई जुँगाले छेक्दैन

खाने मुखलाई जुँगाले छेक्दैन रे! होइन, त्यतिखेर खाने आँखा, खाने हात, खाने खुट्टा थुप्रै खाने अङ्ग रहेछन् कि ?

Nepal Telecom ad

सुन्नुहोस् त ! के तपाईँको नाकबाहेक अरु कुनै अङ्गबाट सिँगान आउँछ ? मैले हालै कोरोनाको रोकथामसम्बन्धी एउटा विज्ञापन सुनेँ ‘नाकबाट आउने सिँगान’ होइन आजकल मान्छेका आँखा, मुख मलद्वार आदिबाट पनि सिँगान आउन थालेछ कि ! त्यही भएर पो संसारमा कोरोना लागेको होला । भलै त्यो त एउटा गाउँपालिकाको विज्ञापन हो । ठिकै छ जे बनाउने हो बनाउन् । पुर्खौँदेखि चल्दै आएको यो उखानमा पनि सुन्दै झोँक चल्ने शब्द भेटियो बा ! खाने मुखलाई जुँगाले छेक्दैन रे! होइन, त्यतिखेर खाने आँखा, खाने हात, खाने खुट्टा थुप्रै खाने अङ्ग रहेछन् कि ? खाने मुख नभए अरु के गर्ने मुख हो त? कि मान्छेको पनि चमेरोको झैँ दिसा गर्ने मुख पनि छ र? तपाईँ भन्न सक्नुहुन्छ बोल्ने पनि त मुख हो । खाने मात्र कहाँ हो र? उसो भए त हाँस्ने पनि मुखै हो, रुने पनि मुखै हो । भए नभएका शब्द जोडेर तथानाम गाली गर्ने पनि मुखै होस अनेकन विशेषण थपेर चाकडी बजाउने पनि मुखै हो । मुखका कति काम छन् कति । केबल खाने मात्र त हैन नि । अझ ब्याकरण पनि नजानेका बाजेहरूले बनाएछन क्यारे यो उखान । खाने मुखलाई जुगाले छेक्दैनन् भनेर कम से कम वचन त मिलाउनु पर्ने ! मान्छेका ओँठमाथि कति जुँगा हुन्छन भन्ने कहिल्यै गनेका भए पो थाहा हुनु । यहाँ मैले चार कक्षामा पढ्ने विद्यार्थीले वचन मिलाउन सकेन भने कति हप्काउनुपर्छ बुढाहरूलाई त्यत्रो छुट?

ब्रम्हे बुढालाई सृष्टि गर्ने बेलामा खाने मुखलाई जुँगाले छेक्ने बनाइदिन भनेको भए हुन्थ्यो होला । त्यसबेला कोही ऋषिमुनिहरुले पनि आफ्ना जुँगा काट्नु पर्ला भन्ने डरले जुँगाले नछेक्ने बनाइदिन भनेछन् क्यारे ! त्यसैले अहिले मान्छेहरूले जे खाए पनि जुँगाले छेक्दैन । चमेरोको मासु खाएर कोरोना भाइरस लाग्न थाल्यो रे चिनियाँहरूले । अहिले संसारभरि सातो खाइरहेछ । नत्र त अरु कैयौँ रोगले यसलेभन्दा धेरै गुना मान्छे मर्छन् यै पाजी कोरोनासित यति सारो डराउनु पर्ने किन? वनको बाघले भन्दा मनको बाघले खाएर मान्छेले माटो खान पुगे कसैले मतलव गर्दैन । जुँगा भएका भन्दा जुँगा नभएका मान्छेहरू संसारमा धेरै छन् भन्ने कुरा कसैले ख्याल राखेनछन् कि! आखिर जुँगा नभएकाहरूले खानै नपाएर माटो खाइरहेका बेला यो बेप्रसङ्गको कुरा उठाएर किन गनगनाउनु परेको होला यसलाई भन्ठान्नुहोला तपाईँ । हुन पनि हो । तर यो गनगन नगरी नभएर कुरा कोट्याएको हुँ क्या बुझ्नु भो?

खाने मुख मात्र हैन भन्ने सिद्ध गर्नका लागि बुढाहरुले यो उखान बनाइदिएका रे । खाने हात, खाने आँखा पनि हुन्छन् । होइन भने भन्नुहोस् आजकल के के जाति सामाजिक सञ्जालहरूमा राखिएका राम्रा नराम्रा दृश्यहरू तपाईँ केले खाएर अघाउनुहुन्छ? अन्न खान नपाएर जनताहरू बिख खाएर मर्न बाध्य भएका बेला स्वास्थ्य सामग्री किन्दा कमिसन खान मुखै चाहिएन । हातले खाए कि खुट्टाले खाए म जान्दिन तर हल्ला गर्ने मुखले त गुणगान गाईरहेछन् । खान सजिलो होस् भनेर आजकल धेरैले जुँगा खौरन थालेका रे ! तपाईँ आफै गन्नुहोस् है त हात, खुट्टा, भुँडी आदिले खान पाइने ठाउँमा पुगेकाहरूमध्ये कति जनाले जुँगा पालेका रहेछन्? तेत्तिस प्रतिशत जति खाने मुखमाथि जुँगा नभएकाहरूलाई पनि त्यहाँ लैजान्छौँ भन्ने लिखत गरेकाहरूले आज वचन नमिलाएर पहिलेका बुढाहरूले झैँ गल्ती गरेको थाहै छ । अब हामी खाने मुखलाई जुँगाले छेक्दैन भन्दै आफ्नो मुख हातले छेक्दै बसौँ हावा खाएर !!?

पुरानो युगमा बनेको खिया लागेको उखानलाई लिएर यो किन गनगनाइरहेको होला भनेर तपाईँलाई झर्को लाग्यो होला । उसो भए यो उखानलाई पनि नयाँ बनाइदिनुहोस् न त चन्द्रसमसेरका पालाको सिंहदरबार जस्तो महेन्द्र राजाका पालाको नयाँ नेपाल जस्तो । सुस्ता, कालापानी र लिम्पिया धुरासहितको नेपालको नक्सा जस्तो। कसरी बनाउने भन्ने जिज्ञासा हुन सक्छ ! ‘घुस खाने मूखलाई नियमले छेक्दैन’ भने पनि भयो अथवा ‘देश खाने मुखलाई कानुनले छेक्दैन’ भने झनै राम्रो होइन आफ्नै शैलीमा धरहरा बनाए झैँ बनाउने भए पनि बनाउनुहोस् । दस नङ्ग्रा खियाएर बल्लतल्ल गुन्द्रुकको झोल खान पाउने हैसियत भएकाले देशै खान पाउने कुरा गरे औकातभन्दा माथि पुग्न खोजेको पक्कै होइन । बरु एउटा कुरा जान्न खोजेको हुँ ( मोदीजीका जुँगा छन कि छैनन् कुन्नि !!
अस्तु रुरुक्षेत्र ५, गुल्मी ।

२०७७।०२।२४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x