साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबैका श्रीमती एकैदिन सुत्केरी ?

एकदिन हाकिमले बाहिर जाने जति सबैलाई उनको आफ्नो अफिसमा बोलाए । ’ल भन्नुस् त, एकैदिन तपाईंहरू सबैको श्रीमती कसरी सुत्केरी भए् ?’ ’के सुत्केरी पनि सल्लाह गरेर एकैदिन भएको हो ?’ अब भने सबैजना वाल्ल परेर मुखामुख गर्नथाले ।

Nepal Telecom ad

मेरो पहिलो जागिर विद्युत विभागमा भएको थियो । पुराना मानिसहरू त्यसलाई बिजुली अड्डा भन्थे । मेरो टोलका काका पनि त्यसलाई बिजुली अड्डा नै भन्नुहुन्थ्यो । मलाई त्यो बिजुली अड्डा नाम मनपर्छ, सुन्दा पनि मौलिक र मीठो सुनिने । यस्तो राम्रो नाम फेरेर विद्युत विभाग कसले र किन बनाए होला कुन्नि ? अहिले त अझ त्यसलाई विद्युत प्राधिकरण बनाएका छन् । उच्चारण गर्न पनि कति गाह्रो ’विद्युत प्राधिकरण’ ।

मेरा उनै काकालाई मैले त्यो प्राधिकरणमा जागिर खाएको मनै परेको थिएन । एकदिन काकाले सोधेँ-
‘हैन बाबू, त्यो बिजुली अड्डामा किन जागिर खाएको ? पानी अड्डामा जागिर खाए पनि हुन्थ्यो ?’
‘किन र काका ?’
’अलि जोखिम छ नि ! बिजुलीले समात्यो भने, बिजुलीको झट्का लाग्ने डर हुन्छ भनेको क्या !’
‘बिजुली पानी’को त झट्का नलाग्ने मलाई जाबो निमुखा बिजुलीको के डर ? भन्न भएन काकालाई । मखुला पासा ?

मलाई त्यो बिजुली अड्डाको जागिर अति पायक पर्थ्यो । जान आउन पनि सजिलो, पाटन ढोकामा बस चढ्यो, रत्नपार्कमा फुत्त ओर्लियो । त्यसपछि फटाफट हिँडेर दुई मिनेटको बाटो । सजिलो छैन त ? त्यतिमात्र हो र ? दिउँसो अफिसबाट सुटुक्क निस्कियो रत्नपार्कको नेपाल प्रसिद्ध पार्क क्याफेमा समोसा चिया खान पाइने । मःमः खान मनलागे खुल्ला मञ्चको कङ्क्रिट बारमुनिबाट छिरेर पारि वीर अस्पताल छेउ महाबौद्धमा पुग्यो, छोइला कचिला खान मनलागे फसिकेब रञ्जना सिनेमा हल (अहिले बजार भएको छ) छेउको आर.सि. मःमः रेस्टुराँ पुग्यो । थुक्पा, चाउचाउ खान मनलागे बागबजारको तिब्बती रेस्टुराँ पनि नजिकै नै छ । मेरो अफिस त काइदाको थियो नि ।

त्यतिमात्र कहाँ हो र ? गुच्चावाला सोडा वाटर रञ्जना हल अगाडि नै थियो, सोडा पनि भने भनेको पाइन्थ्यो, सादा सोडा, बीरेनूनवाला कागती सोडा वा गुलियो मीठा सोडा । दुई पाइला पर न्यूरोड पीपल बोटमा बेच्न राखेको अखबार, पत्रिका लाज नमानेर पढ्न पाइन्थ्यो । तलब आएको दिन फर्माएर खान मनलागे नयाँ सडक (न्यूरोड)को बैङ्लोर क्याफेमा घोटुवा कफी, डोसा पनि पाइन्थ्यो । पढ्छु भन्नेलाई ईन्डियन लाइब्रेरी, अमेरिकन लाइब्रेरी, इन्टरप्राइज बुक्स सबै नजिकै थियो । त्यसैले बिजुली अड्डाका कर्मचारीहरूको घुमघाम अलि लामै हुन्थ्यो ।

कर्मचारीहरू धेरै नै बाहिर घुम्न थालेपछि विभागले कडाइ गर्नथाल्यो । पछिपछि आकस्मिक छड्के लिन थाल्यो । छड्के आउँदा अफिसमा सशरीर हाजिर देखिएन भने स्पष्टीकरण सोध्यो- किन, कता, के भनेर । विभागको छड्केबाट बच्न त हाकिमहरूसँग सधैं एउटा उपाय हुन्थ्यो ‘मन्त्रालय गएको थिएँ’ भन्ने तर अरूलाई भने दिमाग खियाउनु पथ्र्यो बच्ने उपाय निकाल्न । न्यूरोड घुम्न गएको थिएँ भन्न त मिलेन क्यारे ।

पछि त मन्त्रालयबाट नै छड्के लिन थालेपछि हाकिमहरूलाई पनि बच्न धौधौ पर्न थालेको थियो, मन्त्रालयले लिएको छड्केमा मन्त्रालय गएको थिएँ भन्न पनि मिलेन । त्यसपछि भने विभागले पनि थप कडाइ गर्न थाल्यो । अफिस बाहिर जान मूलढोकामा रहेको रजिस्टर कापीमा कहाँ जाने र किन जाने कारण लेखेर हस्ताक्षर गर्नुपर्ने व्यवस्था गर्‍यो । जस्तै, प्रमोद अमात्य, नेपाल बैंक नयाँ सडक, चेक साट्न जाने भनेर लेख्नुपर्ने भयो । यसरी पहिले निस्कनेले केही लेखेपछि, पछि आउनेले त्यही पछ्याउने भए । अनि आफ्नो नाम लेखेर पहिलो व्यक्तिले लेखेकै कुरालाई ऐजन ऐजन (छोटकरीमा ऐ ऐ) माने माथि लेखेको, लेख्ने बानी बस्यो सजिलोको लागि ।

एकदिन हाकिमले बाहिर जाने जति सबैलाई उनको आफ्नो अफिसमा बोलाए ।
’ल भन्नुस् त, एकैदिन तपाईंहरू सबैको श्रीमती कसरी सुत्केरी भए् ?’
’के सुत्केरी पनि सल्लाह गरेर एकैदिन भएको हो ?’

अब भने सबैजना वाल्ल परेर मुखामुख गर्नथाले । एकजना त अविवाहित पनि रहेछ । भएको के रहेछ भने पहिला निस्कने व्यक्तिले ’श्रीमती सुत्केरी भएकोले प्रसुतिगृह जान लागेको’ लेखेको रहेछ । दोस्रो व्यक्तिले पढ्दै नपढी ऐ ऐ ठोकिदियो । तेस्रोले दोस्रोको ऐ ऐ को सहमतिमा अर्को ऐ ऐ जनाइदियो । यसरी लहरै ऐ ऐ भयो । यसको अर्थ सबैका श्रीमती एकै दिन सुत्केरी हुनपुगेका थिए ।

म बिहे नभएको कुमार केटो धन्न त्यो दिन बाहिर गएनछु, नत्र म ठिटोको बिहे अघि नै श्रीमती भएर पनि सुत्केरी भैसकेको हुनेरेछ । र, त्यसको रेकर्ड मेरै हस्ताक्षरमा बस्नेरेछ । त्यसैले ऐजन ऐजन गर्दा माथि लेखिएको विवरण पटकपटक पढ्नु होला । यत्तिकै ऐ ऐ लेखेर सही नधस्काउनु होला । मखुला पासा ?

उपसंहारः फेसबुकमा पनि अरूको कमेन्ट कपिपेस्ट गर्न अघि माने ऐजन ऐजन गर्नु अघि यो ऐ ऐ कथा सम्झनु होला ।
नोट ; पढेपछि कमेन्टमा ऐजन ऐजन जनाउनु होला । नपढीकन लाइक थिच्न भने मिल्छ ।

‘शुक्रबारे गन्थन’

पाटन हाल :  यु.एस.ए.

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x