साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेबी भर्सेज बेबी

सदाझैं बिहान छोरीलाई रुवाएर बेबीलाई मर्निङ वाकमा लैजाँदा बेबीले छिमेकीको गेटनजिकै विष्टा गरिदियो । छिमेकी रिसाउलान् भनेर ट्वाइलेट पेपरको पहिल्यै बन्दोबस्त गरेकाले उनलाई डर भएन । टिपेर खल्तीमा हाले ।

Nepal Telecom ad

पहिलो दिनः
मोटरसाइकल स्टार्ट हुनासाथ छोरी रुन थालिन् । बरण्डामा गएर हेर्दा मोटरसाइकलको अगाडी बाबाको ‘बेबी’ चारखुट्टा टेकेर बिराजमान थियो । छोरीलाई जिस्काएझैं जिब्रो मुखभन्दा पाँच इन्चबाहिर निकालेको थियो ।
छोरी झनै चिच्याएर रुन थालिन् । बाबाले भन्नुभयोः म बेबीलाई घुमाएर आउँछु ।

दोश्रो दिनः
छोरी मामुकी काखमा थिइन् । बेबी पुच्छर हल्लाउँदै आइपुग्यो । छोरीलाई सोफामा राख्नासाथ बेबी मामुको काखमा बस्यो । उसलाई यसो गर्ने बानी लागिसकेको थियो । उसले मामुको नाक, मुख सबै चाट्यो । मामुले टाउकोमा थुम्थुम्याइन् । भुसुक्कै सुत्यो । मामुले स्तनपान पनि गराउँछिन् कि भन्ने डरले छोरी चनाखो थिइन् । बालबच्चा धेरैकुरा बाँड्न सक्छन् तर मामुको बुबु आफूजस्तै बालबच्चाले पिएको सहन सक्दैनन् ।

तेश्रो दिनः
मामुले बाबालाई भन्नुभयोः आउँदा डाइपर ल्याउनु है बेबीलाई पातलो दिसा आइरहेको छ ।

चौथो दिनः
सदाझैं बिहान छोरीलाई रुवाएर बेबीलाई मर्निङ वाकमा लैजाँदा बेबीले छिमेकीको गेटनजिकै विष्टा गरिदियो । छिमेकी रिसाउलान् भनेर ट्वाइलेट पेपरको पहिल्यै बन्दोबस्त गरेकाले उनलाई डर भएन । टिपेर खल्तीमा हाले ।

पाँचौं दिनः
बेलुका खाना खाइसकेपछि बेबी मामुको काखमा निदायो । राती मामुको बुबु खाला भनेर छोरीलाई साह्रै डर भयो । रातमा निकै झस्किइरहिन् । मामु बेबीको चुइँचुइँ खप्न नसकेर यो रात जाग्राम बसिन् ।

सन्दर्भः विश्व स्तनपान सप्ताह (August 1–7)

हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x