साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिब्रो

शान्तिको कामना गर्ने जिब्रो पनि जिब्रो हो, अशान्तिको बम पड़्काउने पनि यही जिब्रो नै हो । जिब्रोले मित्रता बढ़ाउँछ भने यही जिब्रोले शत्रुता । यसर्थ बोल्दा जिब्रो सम्हालेर, जिब्रोलाई लगाम लाएर बोलेको उत्तम ।

Nepal Telecom ad

‘ठूलो ओड़ारमा एउटा जन्तु सुतेको के हो ?’
यो प्रचलित गाउँखाने कथाको अर्थ नजान्ने थोरै होलान्। सानामा हामी गाउँ खाने कथा खेल्दा यसको उत्तर दिनु नसक्दा कति गाउँ पाउँथ्यौं, सेरोफेरोका कुराहरू सबै पाउँथ्यौ तर ‘ठूलो ओड़ारमा एउटा जन्तु सुतेको के हो ?’ भन्ने गाउँखाने कथाको उत्तर दिन नसक्दा गाउँ गुमाउँथ्यौं, सेरोफेरोका कुराहरू गुमाउँथ्यौं । यसको उत्तर हुन्छ- जिब्रो । हो त नि, साँच्चै जिब्रो मुखभित्रै हुन्छ । ठिक ओड़ारमा कुनै जन्तु जनावर बसेजस्तो । मुखले ओड़ारजस्तै देखिन्छ… त्यसभित्र जिब्रोको वास । ओड़ारमा जन्तु बसेजस्तै मुखको ओड़ारमा बसेको जिब्रो पनि कुनै जन्तु जनावरभन्दा कम्ति छैन । हामी त यसै पनि सोधेर गाउँखाने कथामा सामेल हुने विपक्षी साथीहरूबाट कति हो कति गाउँ खोस्थ्यौं- चारैतिर ढुङ्गाले घेरेर, घेराभित्र वास गर्ने जन्तु के हो ? कतिले तुरुन्तै उत्तर दिन्थे- जिब्रो । साँच्चै जिब्रोलाई बत्तीस दन्तले छेकेको हुन्छ ।

जिब्रो हाड़ नभएको मांसपिण्ड हो । जिब्रोमा पनि हड़्डी हुँदो हो भने आज जिब्रो मुखको ओड़ारभित्र अरट्ठै परेर बसेको हुन्थ्यो । यसकारण कसैले ओँठ चलाउन सक्दैन्थ्यो । तर जिब्रोको हाड़ नभएर यसले के के फट्कार्छ फट्कार्छ । जिब्रोमा हाड़ हुँदैन, यसकारण यो पड़्किनुसम्म पड्किन्छ । अल्छे मानिसलाई सोधेको जवाब दिएन भने, हन तिम्रो जिब्रो लाग्दैन ? भनिन्छ । कसैले मुखमुखै लाए- हेर यसको जिब्रो पड़्केको भनिदिन्छौं हामी । जिब्रोबाट निस्केका शब्दले कतै घमासान मच्चिन्छ । यसैले जिब्रो छिटो नगर्नु भनिएको होला ।

जिब्रो पनि थरिथरिका हुन्छन् । कसैको जिब्रो यति स्पिड पड्किन्छ- उसले बोलेको केही बुझिँदैन । पूजा-आजा गर्ने बाजे, दोमाङ पढ़्ने मेमे, बोक्सी-डाइनी, सिञे-सिण्डे भगाउने झाँक्रीको जिब्रो पड़्केको सुन्नु । यसैकारण महाकवि देवकोटाले बाहुबाजेको स्पिड जिब्रो पड़्केको सुनेर (मन्त्रोच्चारण) भनेका छन्, पण्डित मन्त्र पढ्छन् म उनको मुख पढ़्छु (दान) ।

कसैको जिब्रो धारिलो हुन्छ सिरुपाते खुकुरीजस्तो । यस्तो धारिलो जिब्रोले धारिलो जिब्रोधारीलाई आछुआछु पार्छ । यसकारण जिब्रो जानेर बुझेर सोंचेर चलाउनुपर्छ भनिएको हो ।

वकिलहरूको जिब्रो गज्जब पड़््किन्छ । यही जिब्रो पड़्काइले कुनै अभियुक्तलाई आजीवन कारावासबाट जोगाइन्छ भने कसैलाई आजीवन कारावास पनि दिइन्छ । वकिलहरूले जिब्रो पड़काएजस्तो तपाईं हामीले जिब्रो पड़्काउनु हुँदैन । तर अचेल हाम्रा नेताहरूको जिब्रो खूब पड्किन्छ । यही हड्डी नभएको मांसपिण्ड पड़्काएर उनीहरू जनतालाई बोरामा सुताउन सफल पनि हुन्छन्, हुँदै आएका छन् । हाड़ नभएको मांसपिण्ड पड़्काएर किसिम किसिमका बोली पठाउँछन…. तर बोलेका कुराहरू एउटै पनि सफल भएको चाहिँ हुँदैन ।

य़सकारण अब हाम्रा नेताहरूको जिब्रोलाई प्लाष्टिक सर्जरी गरी साँचो कुरा मात्रै फलाक्नु लाए हामी राजनीतिको धरापमा परेर भीरको चिण्डो यता न उता कदाचित हुनेथिएनौं । तर नेताको जिब्रोलाई लगाम कसले लाउने, कसले प्लास्टिक सर्जरी गर्ने आँट गर्ने त ? नेताहरूको जिब्रो पड़्किन्छ, सोझो सिधा जनताको जिब्रो लाट्टिएर लाटाले पापा हेरे जस्तो आँ….गरी एकोहोरो भई हेरिबस्छ नेताका रमिता ।

कसैको जिब्रोमा सरस्वतीको वास हुन्छ भने कसैको जिब्रोमा डङ्किनीको वास परेको हुन्छ भनिन्छ । जिब्रोमा सरस्वतीको वास हुनेहरू देवकोटा, भूपि, बलभद्र हुन्छन् भने डङ्किनी वास गरेको जिब्रोमा शकुनीको वास भएर सद्दाम हुसेनजस्ता आतङ्कवादीहरू हुन्छन् । यिशुको महानवाणी, बुद्धको अहिंसा परमो धर्म, कुनै महात्माको जीव सेवा, मानव सेवा जस्ता ज्ञानवर्धक  कुराहरू यिनै जिब्रोबाट फड़काइएको हो । उनीहरूको जिब्रा कति शिष्ट, कति भद्र, कति शान्त, कति सौम्य । यी महान् पूजनीयहरूको जिब्राबाट उपदेश फलाक्ने जिब्रो नै हो । शान्तिको कामना गर्ने जिब्रो पनि जिब्रो हो, अशान्तिको बम पड़्काउने पनि यही जिब्रो नै हो । जिब्रोले मित्रता बढ़ाउँछ भने यही जिब्रोले शत्रुता । यसर्थ बोल्दा जिब्रो सम्हालेर, जिब्रोलाई लगाम लाएर बोलेको उत्तम ।

परिपरी परिकारका स्वाद पाउने पनि जिब्रो नै हो । जिब्रो मानिसको आवश्यक अङ्ग त हुँदै हो । जिब्रो छैन भने तातो चिसो, तितो टर्रो, स्वादिलो, खल्लो, पिरो गुलियोको स्वाद कसरी पाउनु । त्यसैले भनिन्छ- अल्छे तिघ्रो स्वादे जिब्रो ।
शहर-बजारतिर पसलेहरू गाहकी पल्काउन, गाड़ीतिर गाहकी लोभ्याउन किसिम किसिमका कुरा फड़्कारेर कराउनुसम्म कराउँछन् । र उनको जिब्रो फड़काइ सुनेर कुनै पनि गाहकी लट्टिँदैनन् भन्न मिल्दैन । जिब्रोको महत्व अभूतपूर्व छ । जिब्रो राम्रो चल्नेले संसार विजय गर्छ । जिब्रो बिगार्नेको संसार भताभुङ्गै हुन्छ । जिब्रोले जीउ जोगाउँछ यही जिब्रोले जीउ दुःखाउँछ ।

प्रण गरौँ, हामी सबैले बुझेर, मनन गरेर, सोंचेर जिब्रो चलाऔँ । अनि हाम्रो जाति भाषा, साहित्य, संस्कृति राजनीतिलाई उकासौं ।

०००
खोलाचन्द फाप्री, जलपाइगुढ़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x