साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोकदर्शन र घोप्टासन

कतिले कमाए । कतिले गुमाए । कोही वाह ! वाह ! भएका छन् । कोही छ्या ! छ्या ! कसैको ढाड त कसैको गर्धन बाङ्गिएको छ । आँखा डेरा भएका छन् कसैका । कसैका बानी टेडा भएका छन् ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

कुमारजी आज्ञा गर्नुहुन्छ- “हे अगस्त्य मुनि ! षट्दर्शन मध्यको एक योगदर्शन र यसका प्रणेता महर्षि पतञ्जलीका बारेमा व्याख्या गर्नै परेन । यस विषयमा साधु, सन्त, महन्त, ऋषि, महर्षिहरूका विचार र अभ्यासहरू प्रस्तुत भएका छन् । यो विषयमा यत्ति नै बोलौँ ।

“हे अगस्त्य मुनि ! आज म तिमीलाई म जोकदर्शनका बारेमा केही सुनाउन चाहन्छु । योगदर्शनमा देखिएका कमीकमजोरी संशोधन गर्देै देखापरेको जोकदर्शन आफैमा नवीनतम् दर्शन हो । यस दर्शनका अनेक शाखा र सम्प्रदायहरू छन् ।”

“हे अगस्त्य मुनि ! नैमिषारण्य क्षेत्रका शौनकादि अठार हजार ऋषिमुनिहरूले पनि जोकदर्शनका बारेमा बताउन सक्दैनन् । हजार जिभ्रा भएका शेषनागहरू पनि फेल खान्छन् । त्यसैले जोकदर्शनअन्तर्गतका विभिन्न पर्वहरूमध्ये सामाजिक सञ्जाल नामक पर्वका बारेमा सुनाउन चाहन्छु । ध्यान दिएर सुन ।”

अगस्त्य मुनि भन्दछन्- “जो आज्ञा प्रभु !”

कुमारजी आज्ञा गर्नुहुन्छ – “हे अगस्त्य मुनि ! सामाजिक सञ्जालको जञ्जालले संसारलाई मोहनी जालमा भुलाएको छ । छद्मभेषी विष्णुले वृन्दाको सतित्व डगाएजस्तै यसले पनि संसारबासीको अस्तित्वमाथि प्रसनचिन्ह खडा गरिदिएको छ । बालक युवा र वृद्ध सबैमा यसको प्रभाव देखिएको छ । यसको प्रयोगका लागि मोबाइल, ल्यापटप आदि कम्प्युटरजन्य सामग्री प्रयोगमा ल्याइन्छन् । यसको प्रयोगबिना बालक भात खाँदैन । युवा कलेज जाँदैन । वृद्धको रात जाँदैन । सामाजिक सञ्जाल नामक पर्वमा योग दर्शनमाझैँ बैठक, दण्ड र आसनहरूको चर्चा गरिएको छ । यसमा आसनहरूको सूझ्म रूपमा वणर्न गरिएको छ । सुन ।”

१. उभासन
उभिएर गरिने आसन उभासन हो । केही समय खडाखडा भएर मानिसले सामाजिक सञ्जालमा डुबेर ध्यान गर्न सक्छ ।
२. बशासन
बसेर गरिने आसन बशासन हो । कुर्ची, भुइँ, गाडी, झाडी जो जहाँ भए पनि यो आसनमा रहन सक्छ । खाँदा खाँदै यो आसनमा रहन सक्छ । खानै बिर्सिएर ध्यानमा रहन सक्छ । ट्वाइलेटमा टट्टी गर्दा गर्दै घण्टौं बिताउन सक्छ । समय र स्थानमा कुनै वर्जित छैन ।
३. सुतासन 
सुतेर गरिने आसन सुतासन हो । यो प्रायः शयन कक्षमा गरिने आसन हो ।
यसका मुख्य दुई प्रकार छन् :
अ) भुडी उत्तानासन 
बिस्तारामा लम्पसार भएपछि भुँडी आकाशतिर पल्टाएर ढाडका बलमा यो आसन गरिन्छ । जसरी पनि मोबाइल हेरिन्छ ।
आ) भुडी घोप्टासन 
यो पेटका बलमा गरिने आसन हो । यस आसनमा भुडीलाई जमिनमा घोप्टाएर छातीदेखि माथि शिरसम्मको भागलाई केही उठाएर गरिन्छ । हत्केलाको टेकाले च्यापुमा छेको लगाएर भएपनि मोबाइल, ट्याबलेट वा ल्यापटपमा ध्यान गरिन्छ ।

बाबा हरामदेवले जोक दर्शनको यस पर्वलाई घोप्टासनको संज्ञा दिएका छन् । किनभने जुनसुकै आसनमा भए पनि धेरैजसो घोप्टो परेका हुन्छन् । घरमा पाहुना आयो हत्तपत्त वाइफाईको पासवर्डले स्वागत गरिन्छ । त्यस पछि पाहुनो घोप्टो पर्न थालिहाल्छ । पाहुना बन्न गए पनि कथा यहीँ हो ।

हे अगस्त्य मुनि ! जन्मिएको केही समयपछि बच्चा भुलाउने नाममा बाबुआमाले मोबाइल तेर्साइदिन्छ । पछि भन्न थाल्दछ- मोबाइल बिना मेरो बच्चाले खादा पनि खाएन । हग्दा पनि हगेन । लौन कसो गर्ने ? मोबाइल देखाउन सुरू गर्ने आफैँ, सिकाउने आफैँ, गुनासो सुनाउने पनि आफैँ ।
बच्चा जसोतसो स्कुल पठायो ध्यान हुन्छ जोक दर्शनमै । कक्षामा जोकर जस्तो भएर रहन्छ । घर पुग्नासाथ कपडा पनि नफेरी सिधै जान्छ घोप्टासनमै ।
कलेजतिर शिक्षकले कक्षाकार्य दिएर घोप्टासन गर्न थाल्छ । विद्यार्थी त्यही मौकामा झोलाभित्र भाडो लुकाएर घोप्टासन गर्न थाल्छ ।

जुनसुकै अड्डा अफिस जाऊ, घोप्टासन चलिरहेको हुन्छ । शल्यक्रिया गर्दा गर्दे चिकित्सकले घोप्टासन छुटाउँदैन । बैठकमा बैठकेहरूको ध्यान हुँदैन । घोप्टासनमै हुन्छन् । सदनमै हेर कुर्लनेहरू कुर्लिएका हुन्छन् । कताकतिले मात्रै सुन्छन् । धेरै घोप्टासनमै हुन्छन् ।

घरमा घोप्टासनमा रहँदा कति चोरी भयो ? कति लुटिए ? बयान गरिसाध्ये छैन । कतिपटक तरकारी डढ्यो ? दूध उम्लियो ? भनिसाध्ये छैन । आइरन गर्दै गरेका कति लुगा पोलिए, यसको हिसाब कस्ले गर्ने ?

हे अगस्त्य मुनि ! जोकदर्शनको सामाजिक सञ्जाल पर्व अन्तर्गत घोप्टासनको कथा सारसंक्षेपमा सुनाए । केही जिज्ञासा भए भन ।

कुमारजीका यी मधुर वाणी सुनेपछि अगस्त्य मुनि भन्दछन्- “हे प्रभु ! अरू के के विशेषता होलान् प्रभु ? सुन्नलाई यी कान हतार छन् ।”
हे अगस्त्य मुनि ! यो घोप्टासनका विशेषता धेरै छन् । यसकै कारणले कतिले घरबार जोडेका छन् । कतिले छोडेका छन् । भाइरल बन्नेहरू छन् । भाइरस पस्नेहरू छन् । कतिले कमाए । कतिले गुमाए । कोही वाह ! वाह ! भएका छन् । कोही छ्या ! छ्या ! कसैको ढाड त कसैको गर्धन बाङ्गिएको छ । आँखा डेरा भएका छन् कसैका । कसैका बानी टेडा भएका छन् ।

यसका अनगिन्ती विशेषता छन् । आफै गुगल सर्च गरेर हेर । म पनि संसारमा के भइरहेछ ? गुगलकै माध्यमबाट नियाल्ने गरेको छु । तिमीसँग कुरा गर्दै गर्दा मेरो पनि घोप्टासनको समय गुज्रिसकेको छ । तिमी पनि घोप्टासन गर । जिज्ञासा केही भएर लिएर आऊ । बताइदिउँला ।

यति भनेर कुमारजी घोप्टासनमा बसिहाले । अगस्त्य कुटीतिर टाप कसे । कुमार अगस्त्य संवाद यहीँ सकिएको जानकारी गराउँदै यो सुत्रधार पनि घोप्टासनका लागि विदा हुने अनुमति चाहन्छ । हस्त, धन्यवाद ।
इतिश्री कुमार अगस्त्य संवादे जोकदर्शन र घोप्टासन अध्ययाय समाप्त ।
जय जोकदर्शन !
जय घोप्टासन !

०००
रेसुङ्गा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x