साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढी

यादै छैन नि भारजत्ति घरको जम्मै उनै बोक्तछिन् कैले दिक्क भईन् भने वचनको मुङ्ग्रो लिई ठोक्तछिन् सिधा शान्त सुधी हिमाल तनया, देवी जया भारती कैले काल कराल भाल विजयाझैँ रूपकी सारथि ॥

Nepal Telecom ad

हेम अधिकारी :

क्या राम्री रसिली मुसुक्क हँसिली साच्चै परी छन् बुढी
मख्खै पार्न सिपालु छिन् प्रिय कुरा बोली मिठो झन् कुँदी
कैल्यै छैन रिसाउने र ढुसिने,ठुस्काउने गर्दिनन्
गाली तोड दिएर हुर्मत लिई सातो पनि हर्दिनन् ॥१

हाँसो हुन्छ सधैँ मुसुक्क मुखमा राम्रो छ चाला अहो!
सारै मख्ख बनाउने वदन त्यो कैल्यै रिसाउन्न हो
धानी काम सबै सकेर घरको संभार राम्रो कति
वस्तुभाउ सबै सुसार मजले गर्ने रमाई अति ॥२

फिर्दामा घरमा पियारसँगले तिर्खा भयो कि भनी
तात्तातो जलसाथ साथ नजिकै आएर बस्छिन् पनि
लाग्यो भोक गल्यौ भनी कति छिटै दिन्छिन् भुटेका मकै
ठेकीकोअमिलो सनन्न छ मिठो मोही मकैका सँगै ॥३

जाँदा बाहिर काममा पनि बिदा हाँसीखुसी गर्दछिन्
मायाले मनले मिठा वचनले साईत नै पार्दछिन्
साच्चै छैन दिमागमा रिस कतै गर्जन्न गर्जन्न है
कालो वादलझैँ गरी गुडुगुडू थर्कन्न थर्कन्न है ॥४

कैले मै भुसमा परेर रिसका पर्रा यसै झार्दछु
ठिट्टौलेपनले सताई कहिले हैरान नै पार्दछु
राम्रो काम गरेनि दिन्न जसचैँ मै दोष हुत्याउँछु
के को हो रिसले घमण्ड बलले बित्थै म अत्याउँछु ॥५

यादै छैन नि भारजत्ति घरको जम्मै उनै बोक्तछिन्
कैले दिक्क भईन् भने वचनको मुङ्ग्रो लिई ठोक्तछिन्
सिधा शान्त सुधी हिमाल तनया, देवी जया भारती
कैले काल कराल भाल विजयाझैँ रूपकी सारथि ॥६

हाँस्तिन्छिन् कसरी थकान विचरी पैँचो तिराउन्न खै
मुस्काई मन जित्दछिन् सरसिली बोली फिराउन्न है
ल्याएको जगतै जितेर दुनियाँ खोजेर सारा ढुँडी
साँच्चै लच्छिनकी अचम्म गतिली ऐले चिनेँ यी बुढी ॥७

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x