साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अत्यानन्द !

चिया खाएको पैसा पनि पशुपतिको भेटी चोरेका, सहकारीबाट ठगेका र कृषि अनुदानका बाख्रा सिङ्गै बेचेर जम्मा गरेका नोट खनखनी गनेर दिन पाउँदा पसले पनि कम्ता मक्ख हुँदैन !

Nepal Telecom ad

रामदेव पाण्डे :

एकाबिहानै सरर
बाँसबारी छालाजुत्ताका
चम्किला जुत्ता कसेर
ओमनीको मास्कले मुख ढाकेर
सहकारी ठगेको पैसाले किनेको
गोरखकाली टायरयुक्त
संसदीय सरकारी गाडी डाकेर
बालुवाटारमा फुत्त ओर्लेर
ललिता निवासको बगैँचामा
वीरगन्ज चीनी कारखानाको
मिठो चिनी हालेको
गिरिवन्धु चिया स्टेटको चिया
सुरुसुरुप पार्दै
भृकुटी कागज कारखानाको उत्पादन
सेतो कागजमा छापिएका
रमाइला समाचार पढ्दै गर्दा
बेलाबेला
आकाशमा उड्दै गरेको
वाइड बडी जहाज हेर्दा
जुन आनन्द आउँछ नि
कसैले पत्याउँछ पत्याउँदैन
त्यति आनन्द त
नक्कली भुटानी शरणार्थी
बन्न पाउँदा र
कट्टुमात्र लगाएर
सिस्नोको झाडीमा पसेर
बाहिर निस्कँदा पनि आउँदैन
आफैँ बलात्कृत भएर
आफ्नै आँखा अगाडि
बलात्कारी निर्दोष साबित भएर
विजय जुलुसमा
बलात्कृत उजुरीकर्ता मुर्दावाद
यो जीत कसको ? भालेको !
भन्ने नारा घन्केको
आफ्नै कानले सुन्दा पनि आउँदैन
अझ चिया खाएको पैसा पनि
पशुपतिको भेटी चोरेका,
सहकारीबाट ठगेका र
कृषि अनुदानका बाख्रा
सिङ्गै बेचेर
जम्मा गरेका नोट
खनखनी गनेर दिन पाउँदा
पसले पनि कम्ता मक्ख हुँदैन !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x