साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठग

मलाई के थाहा त ? म त बाटामा खेलिराको थिएँ । उसले मलाई फ्रिमा कपाल कटाउने भन्यो ? मैले कटाउने भने । अनि उसले मलाई यहाँ लिएर आयो ।

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“मलाई त्यहाँ पर सानो कामले जानु छ । पहिला मेरो कपाल काटिदेउ अनि बच्चाको काटिदिनु ।” एउटा दश बाह्र बर्षको बच्चा लिएर आएको मानिसले सैलुनमा हजामलाई भन्यो ।
हजामले उसको कपाल पहिला काट्यो अनि त्यही कुर्सीमा राखेर बच्चाको कपाल काट्न थाल्यो । हजाम अंकललाई नपिरोल्नु है । चुपचाप बसेर कपाल काट्न दिनु । म एकछिन मै आउँछु भनेर त्यो मानिस हिँड्यो ।

बच्चाको कपाल काटिसकेर हजामले बच्चालाई अर्को कुर्सीमा राख्यो र भन्यो, “ल, एकछिन यहाँ बस तिम्रो बाबा आउँदै होलान् ।”
बच्चाले भन्यो, “त्यो मानिस कहाँ मेरो बाबा हुनु ! होइन नि ।”
हजामले सोध्यो, “को हो त त्यो ?”

“मलाई के थाहा त ? म त बाटामा खेलिराको थिएँ । उसले मलाई फ्रिमा कपाल कटाउने भन्यो ? मैले कटाउने भने । अनि उसले मलाई यहाँ लिएर आयो ।”

०००
लालबन्दी, सर्लाही
०८१।०२।०२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x