साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ४६)

सन्ताेस कसरी झुल्छ वृद्धकाे परिवेशमा। बुझ्छ खै कसले राम्रो नित्य गर्दै विवेचना ?। लागाैँ जुटेर सन्तान याे सम्बन्धी सबैजना आफ्नो स्वार्थ भुले मात्र हट्दछन् वृद्धवेदना।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

वृद्ध, चिन्तन

कलिकाे खलियाेभित्र पसेर जनकाे मन ।
मडारिन्छ सदा आज खाेजेर आसुरी धन।। (२७०)

सत्य निष्ठा भुलेकाे छ ठान्छ केवल जीवन ।
वृद्धका भावनामाथि छैन खास समर्थन ।। (२७१)

काग कराउँदै गर्छ पिना सुक्छ भनेसरि।
वास्ता गर्दैन सन्तान बाआमा छन् कठैबरी ।। (२७२)

अनेकाैँ कार्य साँधेर अवकाश छ जीवन ।
तथापि वृद्धमा हेर्दा भित्रभित्र छ क्रन्दन।। (२७३)

बाआमाका कुरा ठान्छ छाेराले सब गन्थन।
आफू प्रबुद्ध हूँ भन्छ हराएर विवेचना।। २७४)

छाेरीकाे मन ठाेकिन्छ बाआमामा सदा तर ।
चाला उस्तै उता हेर्दा शान्त छैन कुनै घर।। (२७५)

आकाङ्क्षा छ सबैसाथ धन दाैलत सञ्चय ।
आफन्तमा बढेको छ धमिलो बाढकाे भय ।। (२७६)

पैसा भए सबै पुग्छ ठान्छ झन् कलिकाे नर ।
माया सद्भाव पैसाले कसरी किन्न मिल्छ र ?। (२७७)

सन्ताेस कसरी झुल्छ वृद्धकाे परिवेशमा।
बुझ्छ खै कसले राम्रो नित्य गर्दै विवेचना ?। (२७८)

लागाैँ जुटेर सन्तान याे सम्बन्धी सबैजना
आफ्नो स्वार्थ भुले मात्र हट्दछन् वृद्धवेदना।। (२७९)
(क्रमशः)

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x