देवीप्रसाद मिश्रबुढ्याैली (काव्य शृङ्खला- ४६)
सन्ताेस कसरी झुल्छ वृद्धकाे परिवेशमा। बुझ्छ खै कसले राम्रो नित्य गर्दै विवेचना ?। लागाैँ जुटेर सन्तान याे सम्बन्धी सबैजना आफ्नो स्वार्थ भुले मात्र हट्दछन् वृद्धवेदना।।

देवीप्रसाद मिश्र :
वृद्ध, चिन्तन
कलिकाे खलियाेभित्र पसेर जनकाे मन ।
मडारिन्छ सदा आज खाेजेर आसुरी धन।। (२७०)
सत्य निष्ठा भुलेकाे छ ठान्छ केवल जीवन ।
वृद्धका भावनामाथि छैन खास समर्थन ।। (२७१)
काग कराउँदै गर्छ पिना सुक्छ भनेसरि।
वास्ता गर्दैन सन्तान बाआमा छन् कठैबरी ।। (२७२)
अनेकाैँ कार्य साँधेर अवकाश छ जीवन ।
तथापि वृद्धमा हेर्दा भित्रभित्र छ क्रन्दन।। (२७३)
बाआमाका कुरा ठान्छ छाेराले सब गन्थन।
आफू प्रबुद्ध हूँ भन्छ हराएर विवेचना।। २७४)
छाेरीकाे मन ठाेकिन्छ बाआमामा सदा तर ।
चाला उस्तै उता हेर्दा शान्त छैन कुनै घर।। (२७५)
आकाङ्क्षा छ सबैसाथ धन दाैलत सञ्चय ।
आफन्तमा बढेको छ धमिलो बाढकाे भय ।। (२७६)
पैसा भए सबै पुग्छ ठान्छ झन् कलिकाे नर ।
माया सद्भाव पैसाले कसरी किन्न मिल्छ र ?। (२७७)
सन्ताेस कसरी झुल्छ वृद्धकाे परिवेशमा।
बुझ्छ खै कसले राम्रो नित्य गर्दै विवेचना ?। (२७८)
लागाैँ जुटेर सन्तान याे सम्बन्धी सबैजना
आफ्नो स्वार्थ भुले मात्र हट्दछन् वृद्धवेदना।। (२७९)
(क्रमशः)
०००
Subscribe
Login
0 Comments
Oldest






































