साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय पैसा !

त्यसैले पैसा पार्टीमा, समुदायमा, परिवारमा । त्यसैले त चाचा, कान्छी नानी, लैनु भैंसी। नगदको हजार दाउ । यसैले पनि भन्छु जय पैसा । जय क्याँट । जय लक्कु । तिमी नभएर होइँदोरहेछ भक्कु । जय पैसा।

Nepal Telecom ad

बद्री दाहाल ‘भस्मासुर’ :

सेवा गर मेवाको आस नगर’ ‘कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन’ मिसनवाट भिजन बन्छ । एकवारको छोटो जिन्दगीमा मोटो रकम कमाएर खोटो बन्न हुँदैन। परोपकार पुण्याय पापाय परपीडनम्जस्ता उक्तिलाई गुरुवाणी ठानेर भक्त प्रल्हाद, सत्य हरिश्चन्द्र, राजकुमार ध्रुव, तुकरात, लालबहादुर शास्त्री, पं. पडानन्दको जीवनीवाट अनुप्राणित जीवन कोरा सैद्धान्तिक, भावुक, अव्यवहारिक र रसमय संसारलाई निरस बनाउने तत्व पो रहेछ। पूर्वीय दर्शनले चार पुरुषार्थमा ‘अर्थ’ लाई दोस्रो मानव वहादुरी वा शौर्यताको प्रतीकको रूपमा लिएको छ । पश्चिमी अर्थशास्त्री र चिन्तकले त पैसा, अर्थ वा पूँजीको ठूलो महत्त्व गाएका छन् । यो संसार चलाउन अर्थबिना सबै योजना र कल्पना व्यर्थ भई अनर्थ हुने रहेछ। धन नभएछि मन भएर पनि गनगन गनु सिवाय केही सकिँदोरहेनछ। त्यसैले त धनलाई शब्दकोशले पनि विभिन्न नाममा सम्बोधन गर्ने काम गरेको छ।

कौडी, टका, दव्य, दमडी, पैसा, सिक्का, दाम, चाचा, वित्त, लक्कु, विन्डी, रूपियाँ, ऐश्वर्य, दौलत, श्रीसम्पत्ति, नगद, रूपल्ली, पुँजी, मुदा, नोट, क्याँट, लोट, कान्छी नानी, लित्का, कति हो कति यो नगदनारायणको नामको पारायण गाँठे। हाम्रा नीतिकारहरूले पनि दाम नभएको जीवनले बिना काम हाम गर्नुभन्दा गाम छोडेर राम राम भन्दै वनमा गई गैंडा, बाघ, हात्तीको सेवा गर्ने, वनका कन्दमूल खाई घाँसमा सुते हुन्छ भनेर अपमानको ताडना गरेको छ। ब्रम्हवादी चिन्तनका खोपडी कविशिरोमणि वाजेलेसमेत ‘त वर्गका अन्तिम वर्ण खाली, पढी दुइटा वन भाग्यशाली मनेर धनमा आफ्नो प्राज्ञ मनलाई दनदन वाले। हिन्दु नीतिकारहरू धनकै प्रीतिकार भएको हुँदा नै ‘हा पैसा । हन्त पैसा । पुनरपि पैसा । प्राण्यते कुत्र पैसा, अनि नेपालीमा पनि ‘छन् गेडा सबै मेरा, छैनन् गेडा सबै टेढा’ कीडी न सौडी त्यसै दौडी, पैसा देखेंपछि महादेवको तीन नेत्र, पुँजी न सुँजी आदि कथनले पैसाको वदन हँसिलो, रसिलो, फुर्तिलो मुर्तिलो बनाएको बनायै छ, यो दुनियाँमा ।

हैन, हामी विद्यार्थी छँदा गरेको वाद-विवाद जहाँ पस्किएका पैरवी भैरवीजस्तो हुन्थ्यो, जुन तर्कहरूमा विजयको हर्क उद्वेलित हुन्थ्यो, आज त तिनीहरू हारेको हान्यै छन् । शस्त्र बलभन्दा शास्त्र बल ठूलो हुन्छ भनेर तर्कको दुलो खोप्नु फक्रिदो साहसलाई वायस गर्नु रहेछ । शस्त्र वल जनमत बलभन्दा पनि चर्को मल भएर हलचल गरेको वर्तमान भोगाइमै ताजा छ। यो महिनाको पेन्सन हजुबर्बाले नदिए त भनेर, नाति चुप्पी झिकेर टुप्पी समाउँदै टेन्सन थान थाल्दैछ। विप्त्यांटो र उल्टो ठानिएका वादविवादका विपक्ष विचारबाट अचार भएको मेरो वर्तमानलाई धनले चाउरे, दाउरे, न्याउरे बनाएको बनायै छ बा ।

उडुस-उपियाँजस्तो नभै रुपियाँ कमाउन सकिदैन । हाम्रा एक नातेदार सामन्त हजुबलि राणा र राजाका भक्त भएर सोफा गाउँले चुसे, उनका छोरा प्रजातन्त्रवादी बनेर घुसको जुसले सबैतिर फुलेछन् । उनकै नाति प्रगतिशील बनेर दुवै पुस्ताको रूपलाई रूपान्तरण गरी जननेता भनेर पैसा थुपार्ने कलाको पारखी छ। यही चुसेका रकमले फुकेका सामन्तहरू नै चुनावी टिकटका फुली लगाएर सोझा जनतामा नेतृत्वको माथापच्ची गरिरहेका छन् । मुद्धा नभएछि आफ्नै जीवनस‌ङ्गिनीदेखि भगिनीसम्म, छोराछोरीदेखि मतिजा भान्जासम्म, कतै पनि उत्साही वा खुसी मुदा अर्थात् मुखमण्डल देखिदैन । सिक्का नभएछि नाता सम्बन्ध पनि फिक्का हुँदोरहेछ। देवपर्व-पितृपर्व र अन्य चाडमा बहाड मार्न पाइएन, कोसेलीको सोली झोली बन्यो मनेर चेलीबेटी र इष्टजनसमेत धमिलो मुहारमा अमिलो छाछन् ।

वास्तवमा पैसालाई ‘कान्छी नानी’ अर्थात सानी बहिनी, छोरी वा कुनै आत्मीय बच्ची फै मायालु भावमा पुकारिन्छ । वित्त मनग्गे भएपछि चित्त जस्तो र जत्रो भए पनि भुत्रैसित हुने रहेछ। पुराण प्रसिद्ध पात्र कुवेरको कुरा गरौं- यिनको नालीबेली खोज्दा दैत्य वशकै हुन् तर हिन्दु कर्मकाण्ड सधैं ईशान दिशाका निशान हुन् भनेर पोडषोपचारको पूजा उपचार वती बनेर गऱ्यागर्यै छन् गाँठे। देवाधिदेव महादेवसमेत भौतिक सम्पत्तिका लोभी भएकाले त होला पैसा देखेछि महादेवको तीन नेत्र भनिएको। दक्षप्रजापतिले यज्ञमा सबै साढु‌भाइलाई बोलाएर दानदक्षिणा दिंदा आफूलाई वास्ता नगरेकै लोभमा कोप झिकेर शस्त्र उचाले र ससुरालाई ‘बोको टाउके बनाउने काम मौतिक सम्पत्तिमै यल काढेर गरेको हैन र ?

रुपियाँ नभएको टागिरी जहाँ-तहाँ बस्यो भने साहूले राहूले पिरोलेझै पिरोल्छ । त्यसैले उपियाँ फड्केझै पड्के बनेर छड्‌के हानिनुपर्ने बाध्यता हुँदोरहेछ । पैसा नभएपछि रोग, व्यथा र झञ्झट बढी आइलाग्दारहेछन् । लक्कु भएकाहरूको धक्कु ठूलो भएर होला रोग पनि उनीहरूकहाँ भोग गर्न आउँदैन। जोसँग जेथा छैन उसैलाई व्यथाले छोप्दोरहेछ । एकपटक मलाई ठूलै रोगले आक्रमण गर्यो, मास्टर मोरो नाकको पोरो फुलाएर पढाउँदापढाउँदै मुटु नै सडाइएछ । घरमा टकटक्याउँदा ५,०००/- रहेछ, हत्त न पत्त एम्बुलेन्स बोलाएर अस्पताल पुगियो। चर्को वेथा छ भनेर डा. ले झर्को मान्दै ‘कोमा’ मा सिफारिस गर्यो । विभिन्नखाले सघन उपचार कक्षबाट जीवन र मृत्युको सङ्घर्षमा आधाआधी हुँदै बल्लबल्ल केही वर्ष संसार हेर्न सकिने स्थितिले जनरल वार्डमा होससहित आइपुगें ।

अस्पतालमा पुगेका आफन्त ओखती खर्चको रकम सुनेपछि उम्किने दाउमा विभिन्न बहाना बनाउँदै बाहन चढेर कुलेलम ठोकेछन् । मेरा अनाथ सन्ततिहरू श्रद्धेय बाबाहरू, दाजुहरूलाई आत्मीयता साथ फोन गर्दा रहेछन् । उनीहरूको फोन त स्वीच अफ, व्यस्त र उठ्‌दै नउठ्ने भएर ढोकै ढकढक्याउन पुग्दा मिटिङमा जानुभा’छ, वाहिर काजमा हुनुहुन्छ, आदि वहानामा उत्तरहरू प्रतिध्वनित भएछि बल्लबल्ल होस् आएर केही खाउँ भन्ने मनस्थितिको ममा सबै कुरा बताए। पैसा दिमाग, मुसुमुन्द्रे प्रवृत्ति, मनिमाइन्डेड कन्जुस, मख्खिचुसहरू के तिनीहरूको ज्यान फलाम वा स्टिलका हुन् ? के उनीहरूलाई कुनै आपत्ति हुँदैन ?

अनि त्यति नै खेर काका । भनेर मायालु सम्बोधनमा भाका हाल्ने मतिजाहरू देखिनँ, मामा त आमाजस्तै हो भन्ने प्यारा भान्जाभान्जीहरू भूमिगत भएछन् । भाइ भनेर माया छर्ने दाइहरू पनि सहायताको पिरलोमा हाइ काढेर अस्पतालतिर बाडबाड गर्दै थिए कि ? आफू अधिकारमा हुँदाका धुपौरे जो दास मनोवृत्तिका थिए ती सादर खुराफातमै रमाएका होलान् कि ? हामीजस्तालाई भन्ऱ्याङ बनाउने बिरालो, सर्प र ब्वाँसो प्रवृत्तिका नेताहरू फेटा कसेर कुन दुलोमा कानेखुसीमा व्यस्त होलान् । दाजुको न्यानो र माइको माया पोख्ने शब्द साधू भगिनीवन्द मेकअपको सामान हराएर दाजुलाई मेटन सुसूचित हुन सकेनन् ।

लिल्का नमै जिन्दगीमा खित्का आउँदैन। हात्ती, गैंडा नहुँदा जिन्दगीमै कैंडा लाग्ने रहेछ। मान्छेलाई ठूलो बेया नलागी सम्बन्धको जेथा कति छ मन्ने पत्तो फाँट नहुने रहेछ। त्यसैले पैसा पार्टीमा, समुदायमा, परिवारमा । त्यसैले त चाचा, कान्छी नानी, लैनु भैंसी। नगदको हजार दाउ । यसैले पनि भन्छु जय पैसा । जय क्याँट । जय लक्कु । तिमी नभएर होइँदोरहेछ भक्कु । जय पैसा।

०००
मधुपर्क (२०६४, जेठ)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सदाचार नै श्रेयष्कर !

सदाचार नै श्रेयष्कर !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
काण्डैकाण्ड छ झिस्मिस !

काण्डैकाण्ड छ झिस्मिस !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नेपाल नेपाल होस् !

नेपाल नेपाल होस् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
ताक्छन् सबै सन्दुस !

ताक्छन् सबै सन्दुस !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिचरो मन्त्री !

बिचरो मन्त्री !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मन्त्री बन्नै हतार 

मन्त्री बन्नै हतार 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हन्डर

हन्डर

शेषराज भट्टराई
दानवकवि

दानवकवि

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x