साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री बन्नै हतार 

जस्मा छन् घूस खानी, कमिसन दलको नाममा पूँजीवाद । जस्मा सामन्ती चल्ला घुरी-घुरी दिनहुँ गर्दछन् रे विवाद ॥ उस्तै मस्तिष्क बोकी, कभर फरकमा 'भूत' बन्छन् उदार । आफ्नो अस्तित्व बेची जसरी-तसरी नै मन्त्री बन्नै हतार ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

उम्रेको भित्रदेखि, पदपद मनको तिर्सनाको उपर्ना ।
पिप्पल्का पात जस्ता, यरि-थरि अगुवा मोजमस्ती हसुर्न ॥
घस्दै धेरै खरानी, कमर-जघनमा क्रान्तिकारी अनौठा ।
देख्दै ईर्ष्या र निन्दा कति कति थपिने, राजनेता गनौटा ॥१॥

जस्का सिद्धान्त मर्छन्, डलर घुस लिँदै, सातपुस्ता सपारी ।
छाते, हुक्के र ढोके अगल-बगल नै पूर्ण-संसार ठानी ॥
बिर्सी योद्धा सबैको, रगत फगत भै, भाँडभैलो अचाक्ली ।
दुर्भाग्यस्तम्भ जस्तै बहुदल छल भो, भ्रष्ट-स्वार्थी सँगाली ॥२॥

सत्ता आँधी हुरीको, विकृति रीतिसँगै खालि हल्ला र नारा ।
आफू आफ्ना कुलैमा, सीमित सब भए स्वार्थी यी देशमारा ॥
ठाडै गर्दैछ चर्को दमन गन सरी, न्याय रोईरहेछ ।
नेता मस्तिष्क कोपी, बहुदल यसरी आज दोईरहेछ ॥३॥

जस्मा छन् घूस खानी, कमिसन दलको नाममा पूँजीवाद ।
जस्मा सामन्ती चल्ला घुरी-घुरी दिनहुँ गर्दछन् रे विवाद ॥
उस्तै मस्तिष्क बोकी, कभर फरकमा ‘भूत’ बन्छन् उदार ।
आफ्नो अस्तित्व बेची जसरी-तसरी नै मन्त्री बन्नै हतार ॥४॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x