साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले थुन्यो सरकारलाई ?

अब त सरकार गाउँगाउँमै आउँछ भन्थे जहाँ खोज्यो त्यहीं पाइन्छ भन्थे गाउँमा त भ्रष्टाचार मात्रै आएको छ र सबैलाई रुवाएको छ ! कसले रोकिरहेछ सरकारलाई थुनेर सिंहदरबारमा ?

Nepal Telecom ad

हरि काेर्काली :

ग्यास खोज्न जाऊँ कि
सरकार खोज्न जाऊँ
एउटा खोज्दा अर्को छुट्छ
कहाँ होला दुवै भेटिने ठाउँ ?

बजार कालो छ
केही देखिंदैन
सरकार वेपत्ता छ
कतै भेटिंदैन
बजार देख्न नपाइने
सरकार खोज्दा नभेटिने
ओहो !
कस्तो पो भयो यो ठाउँ !
के हो यो अवस्थाको नाउँ ?

ठूलाठालुले नतिरे पनि
तिर्नुपर्ने कर तिरेको तिरेकै छु
ऐन-नियमको पालना पनि
गरेको गरेकै छु
किन गन्दैन सरकार निमुखालाई ?

किन आउँदैन सरकार देखिने गरी ?
किन वस्तैन सरकार भेटिने गरी ?
के सरकार पनि भूमिगत हुन्छ ?
कि सरकार बुर्का ओढेर हिँड्छ ?
कि सरकारले हार्यो भनेर मानौं ?
कि सरकारलाई
माफियाले तान्यो भनेर ठानौँ ?

अब त सरकार
गाउँगाउँमै आउँछ भन्थे
जहाँ खोज्यो त्यहीं पाइन्छ भन्थे
गाउँमा त भ्रष्टाचार मात्रै आएको छ
र सबैलाई रुवाएको छ !

कसले रोकिरहेछ सरकारलाई
थुनेर सिंहदरबारमा ?
कुन दारुकले हाँकिरहेछ रथ भ्रष्टाचारको
निस्फिक्री/मस्तीले गाउँघरमा ?

०००
धृतराष्ट्रकाे शुभकामना (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x