साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचरो मन्त्री !

साली पुत्रबधू पनातितकका, खाता विदेशी घर । भन्छौ सम्पति छैन देश-जनता, मात्रै म हूँ सेवक ।। यस्तै साधु विडाल स्वर्ण मृग भै, झुक्क्याउँदै भोटर । अर्कोपल्ट जितेर बिल्डिङ बढून्, चिल्ला नयाँ मोटर ।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

मन्त्राणी जति छन् धनाढ्य अहिले, मन्त्री सबै निम्छरा ।
पेवापात दहेज टन्न घरमा, लक्ष्मीसँगै अप्सरा ।।
धेरै दीन दरिद्र टाट पहिले, दुर्भाग्यशाली थियौ ।
लक्ष्मीकै वरदानले खरबका, स्वामी सुनामी बन्यौ ।। ॥१॥

चिल्ला कार नयाँ-नयाँ महल छन्, उद्योग नाना थरी ।
धेरै बैंक र बित्तका निगममा, देखिन्छ हिस्सा अति ।।
सिन्को सम्पति छैन नायक कठै ! के सर्वमारा भनौं ।
सासू औ ससुरा सुता सुत धनी, के सर्वहारा गनौं ।। ॥२॥

तिम्रा सन्तति जो पुगे पर पुगे, सम्पत्ति पैसा लिई ।
हौ कम्रेड गरीब दीन बबुरा, क्यै छैन तिम्रो जिमी ।।
छाला ओड्दछ बाघको जतनले, बठ्याइँमा स्यालले ।
ऐहा खेल्न प्रवीण दक्ष अगुवा, भन्ने छ है कालले ।। ॥३॥

साली पुत्रबधू पनातितकका, खाता विदेशी घर ।
भन्छौ सम्पति छैन देश-जनता, मात्रै म हूँ सेवक ।।
यस्तै साधु विडाल स्वर्ण मृग भै, झुक्क्याउँदै भोटर ।
अर्कोपल्ट जितेर बिल्डिङ बढून्, चिल्ला नयाँ मोटर ।। ॥४॥

धोबीको रङले विशिष्ट हुन गै, छक्याउने जम्बुक ।
‘जम्बू’ कै उजुरी परेर उहिले, पारेछ सिंहै मुख ।।
होला त्यै इतिहास काम नगरे, सिद्धिन्छ तिम्रा दिन ।
चम्बू भै अब धाक छोड दुनियाँ, झुक्किन्न है छिन्छिन ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x