परशुराम पराजुलीराहत
"विदेशी दाताहरूकै अनुदान त हो नि यो सब । हामीले त कहाँबाट निकाल्नु र ।" उनले पनि गौरवका साथ जवाफ दिए ।

परशुराम परासर :
‘बाहिरबाट आएको राहत रकम पीडितसम्म पुग्न सकेन । माथि माथिबाटै ठुलाबडाले, योजनाकारहरूले, सरकारमा बसेका व्यक्तिहरूले सभा, सम्मेलन, सेमिनार, गोष्ठी, बैठक आदि गरेर सिध्याइहाल्छन् अनि कसरी पुगोस् त तल पीडितसम्म त्यो रकम ?’ यस विषयमा ठुलो आवाज उठ्यो । ‘जनमुखी आवाज’ नामक गैह्रसरकारी संस्थाले सबैभन्दा विशाल विरोध गर्यो । उसको त विरोध गर्ने शैली नै फरक ।
ठुलो जनसहभागितामा विशाल ऱ्यालीको आयोजना भयो । ठुलाठुला ब्यानर र प्लेकार्डमा ठुलाठुला अक्षरले ‘राहत प्याकेज पीडितको हातमा’ भन्ने नारासहित ज्ऱ्यालीका प्रायः सबैले एकै रङका टी-सट र क्यापटोपी लगाएका थिए । यली खुलामञ्चमा गएर आमसभामा परिणत भयो । वक्ताले नाराकै कुरा दोहोऱ्याए । सभा विसर्जनपछि भव्य चियापान भयो ।
यो कार्यक्रमको तारिफ सबैतिरबाट गरियो । पत्र-पत्रिका, रेडियो, टेलिभिजन सबैले ‘जनमुखी आवाज’ को सराहना गरे ।
त्यसको केही दिनपछि एउटा कार्यक्रममा ‘जनमुखी आवाज’का कार्यकर्तासँग भेट भयो । कफीसपमा जान इशारा गर्दै सोधें- “अस्तिको ऱ्यालीको त जतासुकैबाट पनि तारिफ नै तारिफ गरेको सुनियो नि ?” उनले नाक फुलाउँदै भने- “काम गतिलो गरेपछि तारिफ त भैहाल्छ नि ।”
मैले औपचारिकता दर्साएपछि प्रश्न थपें- “त्यो ऱ्यालीमा पीडितहरूको पनि सहभागिता थियो होला नि । ती टोपी र टी-सट लगाउने जति सबै पीडित नै थिए होलान् नि, हैन ?”
“होइन, त्यस ऱ्यालीमा उनीहरूको उपस्थिति थिएन होला, सायद । त्यो ऱ्याली त उनीहरूको नाममा आउने विदेशी सहयोग पूर्णरूपमा उनीहरूलाई नै प्राप्त हुनुपर्छ भन्नलाई मात्र थियो ।” उनले सहज रूपमा भने ।
“त्यो कार्यक्रममा कतिजति खर्च भयो होला ? अनुमान गर्न सक्नुहुन्छ ।” खुल्दुली लागेर सोधें ।
“भयो होला त्यही आठ-दस लाख त । हेर्नुहोस् न त्यत्रो त्यत्रो ब्यानर, प्लेकार्ड, यालीमा आउने-जानेको व्यवस्था, उनीहरूले लगाएको टी-सट, क्याप अनि चियाचमेना सबै गर्दा त्यति खर्च भएन होला त ?” उनले कफी पिउँदै हिसाब निकाले ।
“यस्तो रकम चाहिँ कसरी प्राप्त हुन्छ र खर्च गर्नुहुन्छ ? यहाँलाई थाहा होला नि ?” मैले हाँस्दै प्रश्न थपें ।
“विदेशी दाताहरूकै अनुदान त हो नि यो सब । हामीले त कहाँबाट निकाल्नु र ।” उनले पनि गौरवका साथ जवाफ दिए ।
मैले मनमनै हिसाब लगाएँ । बिचरा पीडितहरू ! यस्ता कार्यक्रममा भएका खर्चले उनीहरूलाई कति दिनसम्म खान पुग्नेथ्यो होला । हेर, यत्रो रकम खोलैमा बगाएजस्तै भएन त ।
०००
सावधान ! (२०८१)
Subscribe
Login
0 Comments
Oldest








































