साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दानवकवि

देश हाम्लाई देखावटी जनता जावा भेडा हाम्रो हैकम नमानेमा बन्छौं हामी टेढा बिना प्रमाण मुद्दा हुन्छन् जेल पुर्‍याउने संसारकै राम्रो शासन भ्रष्ट सुर्‍याउने ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

एउटा सुन्दर गाउँका बासिन्दा कविजL एकदिन यस्सो गाउँतिरै टहल्न निस्के । दस मिनेट जति हिँडेपछि एउटा अङ्गुर खेती गरिएको अल्लि फराकिलो ठाउँ आयो । अङ्गुर राम्रैसित फलेको थियो । कविले सोचे- यति राम्रो फलाएपिछ अङ्गुर, पैसो पनि आउला है डङ्गुर । टिपि बेची रसिलो हरियो, भन्लान् पैसा भकारी भरिभो । कविजीको पैदल यात्रा रोकिएको थिएन । उनी अलिपर पुगेपछि त्यस्तैगरी बेलौती खेती आइपुग्यो । कविले एकछिन नियाले र मनमनै भने- यो देशका सबै युवा भए यतै जम्मा, यस्तैगरी कति ठाउँमा फल्थ्यो होला अम्बा । कसरत स्वरोजगार स्वास्थ्य राम्रो हुने, त्यसोभए थिइनन् होला मातृभूमि रुने ।

कवि अगाडि बढे । बाटोमा एउटा लिँडे चौतारो आयो । कविले राम्रोसँग हेरे । वरपिपल गिँडेर ठुटे लिँडे पारिएको थियो अनि तिनै ठुटालाई साथ लिएर जस्तापाताको छानो हालिएको थियो । उनको आत्मा रोयो-  कुनचाहिँ आएछ राक्षसको औतारी, निर्लज्ज भै ठुट्याएछ चौतारी । आफ्नै खुट्टा आफैंले काटेको, आधुनिक नै होला बन्न आँटेको । आफ्नै गर्धन काट्या भए ठिक हुन्थ्यो, त्यसोभए समाज खुस हुन्थ्यो ।

कविलाई बस्न मन लागेन । उनी आडैको चोकबाट अर्कोतिर मोडिए । पाँच मिनेट हिँडेपिछ विपरित दिशाबाट एउटा सानो गाडीले कुनै राजनीतिक दलको झण्डा हल्लाउँदै आउँदै थियो । कवि अल्लि छेउतिर सरेर रोकिए । गाडीको गति त्यति हतारको थिएन । गाडीभित्र बसेका दलको चुनाव चिन्ह भएको लुगा लगाएका केही व्यक्तिहरु गाउँदै रहेछन्–

दलको दलबल हामिसित अनि छलबल
भ्रष्टाचारले आफ्नै जीवन पार्छौं झलमल

नेता आफ्नै, गुण्डा आफ्नै कानून पनि आफ्नै
पुलिस हाम्रै पराइ हाम्रै को आउला त हाँक्नै

अर्को दलका हटाएर आफ्नै मान्छे भर्छौं
त्यसो गर्न नपाएमा अनेक तिक्डम रच्छौं

देश हाम्लाई देखावटी जनता जावा भेडा
हाम्रो हैकम नमानेमा बन्छौं हामी टेढा

बिना प्रमाण मुद्दा हुन्छन् जेल पुर्‍याउने
संसारकै राम्रो शासन भ्रष्ट सुर्‍याउने

विदेश पुगि मरिरहुन्र दुखी गरिबहरू
आन्दोलन उठ्दैन ह्याँ ढुक्क हुन्छ बरू ।

कवि दङ्ग परे । म आफूलाई एउटा मानव कवि भनेर मान्थेँ । मानवता देश समाज सभ्यता संस्कारको बारेमा लेख्थेँ । यहि समाजमा कतै दानवकवि पनि हुँदारहेछन् । सायद त्यसैले होला हाम्रो देशको सत्साहित्यले सतलेखकले सतआवाजले अरण्यका एकान्तवासी जस्तो हुनुपरेको । उनको मन मात्र बोल्यो । अनुहारमा मन्था आँधिको चपेटामा परेको दिनजस्तै देखियो ।

एकल यात्री कविले एक गाडी झोलेहरूलाई के गर्न सक्थे र मौन रहनु बाहेक । अन्त्यमा सोचे- एकान्तमा त यिनले आफ्नो नाम आफैं काड्दा रहेछन् ।

०००
२०८२ कार्तिक १३
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हो रहेछ

हो रहेछ

रामकृष्ण ढकाल
दल, मादल र बादल

दल, मादल र बादल

रामकृष्ण ढकाल
कति भारी अनि कस्तो भारी वर्षा

कति भारी अनि कस्तो...

रामकृष्ण ढकाल
मनुवाहरूको विवेक

मनुवाहरूको विवेक

रामकृष्ण ढकाल
नेताको पीडा

नेताको पीडा

रामकृष्ण ढकाल
नून : गुन र बैगुन

नून : गुन र...

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x