साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बक्ताे कुतर्क खालि

जत्था हिजाे अलग्गै लाेली अलग्ग बाेली भर्रात रङ्गिएकाे भिन्नै घसेछ लाली साेझाे गरे नि औँला घ्यू निस्कने हुँदैन याे मन्त्र भाेट गन्दा फर्जी खसाल्छ जाली ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

निन्दा गराेस् प्रशंसा या तुच्छ दुष्ट गाली
काेचेर बुद्धि बिर्काे ठाेक्नै परेछ ताली

भिज्दाे मुसाे हिजाेकाे ऐले छ बाघ ठिक्क
हुंकार गर्जना छन् नारा नयाँ उछाली

भुट्टाे न भाङ बुझ्ने सिद्धान्त राजनीति
व्याख्यान चाटुकारी बक्ताे कुतर्क खालि

सादा सुधाहरूमा मानाे छ विज्ञ व्यास
मैनै सबै छु जान्ने फाेस्राे मपाइँ पाली

लर्काेे पछाडि देखे उफ्रिन्छ दाँतिदाँती
सम्धी कि मीत साम्ने सालाे र धूर्त साली

जत्था हिजाे अलग्गै लाेली अलग्ग बाेली
भर्रात रङ्गिएकाे भिन्नै घसेछ लाली

साेझाे गरे नि औँला घ्यू निस्कने हुँदैन
याे मन्त्र भाेट गन्दा फर्जी खसाल्छ जाली ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
बन्दकी

बन्दकी

पुरूषाेत्तम सिग्देल
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x